×

NMB BANK
NIC ASIA

राहतमा गुणस्तरहीन चामल, आपूर्तिको ठेक्का पाएको फार्मलाई कारवाही सिफारिस

जेठ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बन्दाबन्दीका बीच वितरित राहत चामल गुणस्तरहीन तथा कीरा भेटिएपछि धनगढी उपमहानगरपालिकामा आपूर्तिको ठेक्का पाएको फार्मलाई कारवाहीका लागि सिफारिस गरिएको छ । उपमहानगरपालिकाले बुधबार पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । 

Muktinath Bank

उपमहानगरपालिकाबाट दोस्रो चरणको राहत आपूर्ति गर्ने ठेक्का पाएको ठाकुर ट्रेड लिङ्क धनगढीले वडा नं १, २, ४ र ५ का लागि उपलब्ध गराएको चामलमध्ये २० हजार १० किलो गुणस्तरहीन रहेको प्रतिवेदन ल्याएपछि छानबिन समितिकै सिफारिसमा सार्वजनिक खरिद ऐन २०६३ बमोजिम कालोसूचीमा राख्नुपर्ने आधार र कारण प्रस्ताव गरी आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानूनबमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय कार्यपालिकाले गरेको प्रवक्ता सन्तोष मुडभरीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी खरीद प्रक्रियामा दायित्व भएका कार्यालयका कर्मचारीलाई पनि गलत भए/नभएको विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको बताइएको छ । खरीद प्रक्रियामा काम गर्ने दायित्व भएका व्यक्तिले पनि केही लापरवाही गरेको पाइयो भन्ने छानबिन समितिले प्रतिवेदनमा औँल्याएकाले त्यसका आधारमा सो कार्यमा संलग्न कर्मचारीलाई स्पष्टीकरण सोधी कारवाही प्रक्रिया अगाडि बढाइने प्रवक्ता मुडभरीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

धनगढी ४ मा वितरण भइरहेको राहतमध्ये केही व्यक्तिले वैशाख २९ गते बुझेको चामलमा कीरा परेको छ भन्ने गुनासो आएपछि आपूर्तिकर्ता फार्म र उपमहानगरपालिका विवादमा तानिएको थिए । त्यसपछि उपमहानगरपालिकाले राहत वितरणको काम रोकेर वैशाख ३१ गते कार्यपालिकाको बैठकबाट पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदनका आधारमा नगरकार्यपालिकाले आपूर्तिकर्ता फार्म र खरिद प्रक्रियामा दायित्व भएका कर्मचारीलाई कारवाही प्रक्रिया अगाडि बढाउन थालिएको बताइएको छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x