माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएकाले पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आफ्ना सदस्य पम्पलाई अति आवश्यकबाहेकका खर्च कटौती गर्न आग्रह गरेको छ । बन्दाबन्दीका कारण व्यवसायमा भारी गिरावट आएको एशोसिएशनले कर्मचारी कटौतीदेखि पम्पबाट हुँदै आएको उधारो तेल वितरण बन्दलगायत विषयमा पूर्वतयारी गर्न आग्रह गरेको हो ।'
भिडियो कन्फ्रेन्समार्फत शुक्रबार बसेको बैठकले अति कम कर्मचारीबाट पम्प सञ्चालन गर्ने, आवश्यक पदार्थको कारोवार गर्ने हुँदा आपूर्ति नियमित राख्न पम्पमा पेट्रोलियम पदार्थ मौज्दा राख्नुपर्ने तथा पूँजीगत खर्च कम गर्नुपर्ने तथा पम्पबाट उधारो तेल वितरण बन्द गर्ने निर्णय गरेको एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए ।
उनका अनुसार बैठकले नगदमा मात्र कारोबार गर्नुपर्ने, अत्यावश्यकबाहेकका खर्च कटौती गर्ने र स्थानीय निकायसँगको समन्वयमा इन्धन वितरण प्रभावकारी बनाउन सबै व्यवसायीलाई आग्रह गर्ने निर्णय गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सूचीमा राखे पनि पेट्रोल पम्पका कर्मचारीलाई काममा आउँदा पासको समस्या हुने गरेको उनले जानकारी दिए । “अतिआवश्यक क्षेत्र भने तापनि समन्वय नहुँदा समस्या भयो, बन्दाबन्दी अझै थपिँदै गए ५० प्रतिशत सम्म कर्मचारी कटौती हुनेछ”, उनले भने, “पम्प सञ्चालन भए पनि खपत न्यून छ, हाम्रा कर्मचारीहरु पम्पसम्म समेत आउन समस्या भएको छ, घरमा नै कर्मचारीलाई राखेर सेवासुविधा दिए पनि पछिल्लो दिनमा समस्या हुने देखिएको छ ।”
एशोसिएशनले आवश्यकतानुसार कर्मचारी कटौती गरेर अति कमबाट कारोवार सञ्चालनको तयारी गरेको उनले जानकारी दिए । उनका अनुसार एशोसिएशनमा आबद्ध एक हजार पाँच सय पम्पमा करीब पाँच हजार कर्मचारी छन् । एउटा पम्पमा पाँचदेखि १० कर्मचारीले काम गर्दै आएका छन् ।
एशोसिएशनले निरन्तर नेपाल आयल निगमलाई कर्मचारीको कोरोना परीक्षण गर्न माग राखे पनि सुनुवाइ नभएको उहाँले बताउँनुभयो । ‘हामीले निरन्तर जोखिम मोलेर काम गरेका कर्मचारीको परीक्षण गर्न माग गरेका छौँ, निगमले आफ्ना कर्मचारीको मात्र परीक्षण गरेर हाम्रा कर्मचारीलाई वेवास्ता ग¥यो’, उनले भने ।
एशोसिएशनका अनुसार हाल सम्पूर्ण पम्प खुला रहेको र पर्याप्त मात्रामा तेल छ । बन्दाबन्दीका शुरुवाती दिनमा पेट्रोलियम पदार्थको खपतमा कमी आए पनि पछिल्लो समय तराईमा खेतीको याम शुरु हुँदा डिजेलको मागमा वृद्धि भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...