विना पास सरकारी गाडी चलाउने मन्त्रीका छोरा पक्राउ, सर्वसाधारणले घेरेपछि हंगामा

कोरोना भाइरस संक्रमण महामारीका बेला सरकारले लकडाउन घोषणा गरेको छ । सर्वसाधारणले पास विना सवारीसाधन चलाउन पाउँदैनन् ।

भारतमा भाइरस संक्रमणको महामारी बढ्दै गइरहेका बेला सामाजिक दूरी कायम गर्नुपर्ने विषयलाई महत्त्वका साथ लिइएको छ । तर उत्तराखण्ड राज्यका एक मन्त्रीका छोराले पास विना नै सरकारी गाडी चलाएपछि हंगामा भएको छ ।


Advertisement

भारतीय जनता पार्टी (बीजेपी) सरकारका राज्यमन्त्री विनोद आर्यका छोरा पास विना नै गाडीमा उत्तराखण्ड सरकारको चिह्न लगाएर चमोली जिल्लाको उर्गम घाटी पुगेपछि सर्वसाधारणले उनलाई घेरेका छन् ।

प्रशासनको टोली घटनास्थलमा नआउँदासम्म सर्वसाधारणले मन्त्रीका छोराले चलाएको गाडी घेरेर राखेका थिए । विवाद बढ्ने देखिएपछि प्रशासनको टीमले मन्त्रीका छोरालाई समातेर देवग्रामबाट जोशीमठ लगेको छ ।


Advertisement

सरकारी गाडी सिज गरेर मन्त्रीका छोराविरुद्ध मुद्दा चलाइएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । पास विना सरकारी गाडी चलाएको अभियोगमा मन्त्रीका छोरालाई मुद्दा चलाइने छ ।

विना पास र क्वारेन्टाइन मन्त्रीको छोरा गाउँमा घुसेपछि सर्वसाधारण आक्रोशित भएका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्