×

NMB BANK
NIC ASIA

कोरोना कहर

कोरोना संकटसँगै भारतबाट ह्वारह्वार्ती स्वदेश फर्किंदै नेपाली

जेठ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लामो लकडाउनका कारण रोजगारी गुमाएका नेपालीहरू भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्किने क्रम तीब्र भएको छ ।

Muktinath Bank

भारतमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि नेपाल आउनेहरू बढेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतका विभिन्न शहरमा मजदुरी गर्ने ३१ हजारभन्दा बढी नेपाली पछिल्लो १० दिनयता ५ नम्बर प्रदेशका विभिन्न नाकाबाट नेपाल भित्रिएका छन् । यो संख्या वैधानिक नाकाबाट भित्रिनेको हो । लुकीछिपी आउनेको तथ्यांक सरकारसँग छैन । 


Advertisment
Nabil box
Kumari

जिल्लाका सुरक्षा संयन्त्रका अनुसार नेपाल भित्रिने क्रम अझै बढ्दै जाने देखिन्छ । प्रदेशका १० वटा नाकाबाट भित्रिएका नेपालीहरू ६० भन्दा बढी जिल्लाका छन् । प्रदेशका ६ वटा जिल्ला भारतसँग जोडिएका छन् । 

Vianet communication
Laxmi Bank

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कृष्णनगर र सुठौली नाकाबाट जेठ १ गतेदेखि ११ गतेसम्म १० हजार ९०२ जनालाई वैधानिक रुपमा नेपाल भित्र्याइएको बताए । नेपाल भित्रिएकालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी जुन जिल्लाका हुन्, त्यहीँ जिल्लाको पालिकामा पठाउने गरिएको छ । 

पौडेलले भने, ‘१० हजार ९०२ जना भित्रिएकामध्ये कपिलवस्तुका ३ हजार १९३, अन्य बाहिरी जिल्लामा ७ हजार ७०९ जना थिए । सबैलाई सम्बन्धित जिल्लामा पठाइयो । भारतमा गाडी र रेल चलेसँगै नेपालीहरू आउने क्रम बढ्यो । नाकाबाट भित्र्याउन थालेपछि चोरबाटो हुने नेपाल प्रवेश गर्ने क्रम घटेको छ ।’

नेपाल आएका व्यक्तिलाई सम्बन्धित जिल्लाका पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने र त्यहीँ कोरोना संक्रमणको पीसीआर जाँच गर्ने व्यवस्था मिलाइएको छ । प्रदेशमा कोरोना संक्रमण पुष्टि हुने क्रम पनि तीब्र छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपालगञ्जको रुपैडिया र जमुनाहा नाकाबाट गरी जेठयता १० हजारभन्दा बढी नेपाल भित्रिएको जानकारी दिए । तीमध्ये ७५ प्रतिशत कर्णाली प्रदेशका छन् ।

उपाध्यायले भने, ‘सरकारले सीमामा आएकालाई सहज रुपमा प्रवेश दिने सरकारको निर्देशन लगत्तै हामीले उनीहरूलाई सुरक्षित रुपमा नाकामै गाडी पुर्‍याएर सम्बन्धित गाउँमा जाने व्यवस्था मिलाएका छौं ।’

बाँके देशकै कोरोनाको ‘इपिसेन्टर’ बनेको छ । त्यहाँको नरैनापुर गाउँपालिकामा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । गाउँपालिकामै सयभन्दा बढी संक्रमित भएपछि प्रशासनले आइतवारदेखि निषेधाज्ञा जारी गरी नेपाली सेना परिचालन गरेको छ । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पछिल्लो डेढ हप्तामा बेलहिया (सुनौली) नाकाबाट ५ हजारभन्दा बढी नेपाली भित्रिएको जानकारी दिए । पछिल्ला दिनमा दैनिक १ हजार नेपाली मजदुरहरू सुनौली नाकाबाट भित्रिएका छन् । 

‘आइतवार ८०० जना आए, शनिवार १ हजार ८८ आएका थिए । यो क्रम बढ्दो छ । सम्बन्धित पालिकालाई बोलाएर लैजाने व्यवस्था गरिएको छ । पालिकाबाट नआएकाहरूलाई रुपन्देहीकै विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।’ रुपन्देहीमा विभिन्न ८८ वटा क्वारेन्टाइमा ३ हजार ८०० जनालाई राखिएको छ । 

प्रदेशको पश्चिमको जिल्ला बर्दियाबाट २ हजारभन्दा बढी व्यक्ति भित्रिएका छन् । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बरु जिल्लाभन्दा कम व्यक्तिहरू भित्रिएको बताए । ‘रुपन्देही, कपिलवस्तु, बाँके जस्तो बर्दियामा ठूला नाका छैनन् । यहाँ २ वटा राजापुर र गुलरिया गरी २ वटा छोटी भन्सार छन् । त्यहाँबाट जेठ महिनामा गरी २ हजारजति व्यक्ति भित्रिएका छन् । उनीहरू धेरै बर्दियाकै छन्,’ प्रजिअ लामिछानेले लोकान्तरसँग भने । आइतवार मात्र जिल्लामा ४६५ जना भित्रिएका छन् । बर्दियामा ३० जना क्वारेन्टाइन अवधि पूरा गरेका भारतीय नागरिकलाई भारत पनि पठाएको छ । 

पश्चिम नवलरासीबाट करीब २ हजार नागरिक नेपाल भित्रिएका छन् । उनीहरू महेशपुर नाका हुँदै भित्रिएका हुन् । दाङबाट पनि कम व्यक्ति भित्रिएका छन् । दाङको कोइलाबास नाकाबाट कम व्यक्ति भित्रिने गर्छन् । कोइलाबास नाका खासै प्रयोगमा छैन ।

प्रदेशका १२ जिल्लामा १९ हजार नागरिक क्वारेन्टाइनमा छन । यो संख्या क्वारेन्टाइनमा बस्नेको मात्रै हो । प्रदेशमा कोरोना संक्रमितको सख्या २५० भन्दा बढी छ । प्रदेशमा कोरोना लागेर २ जनाको ज्यान पनि गइसकेको छ । ३२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने प्रदेशका १२ जिल्लामध्ये ७ जनामा कोरोना संक्रमण देखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x