कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
आजकलको व्यस्त जिन्दगीमा काम गर्नका लागि अत्यधिक ऊर्जा चाहिन्छ । तर केही मानिस अलिकति काम गर्नेबित्तिकै थाक्छन् । अनि दिनभरि काम गरेपछि व्यक्तिको स्टामिना एकदमै कमजोर हुँदै जान्छ ।
स्टामिना बढाउनका लागि भोजनमा कार्बोहाइड्रेट्स, भिटामिन सी, प्रोटीन र आइरनको मात्रा भरपूर हुनुपर्छ । यहाँ हामी केही खानेकुराका बारेमा कुरा गर्दैछौं जसको सहायताले तपाईं शरीरमा आवश्यक तत्त्वको कमी पूरा गरेर स्टामिना बूस्ट गर्न सक्नुहुन्छ ।
बदाम
क्याल्सियम, फाइबर, प्रोटीन र पोटेसियमले भरपूर बदाम दिनदिनै सेवन गर्दा स्मरणशक्ति बढ्छ । यसबाहेक खाली पेटमा भिजाएको सातआठवटा बदाम खाँदा दिनभरि शरीरलाई ऊर्जा मिल्छ ।
मुँगको दाल
मुँगको दाल उमालेर वा अंकुरित गरेर खाँदा पनि स्टामिना बूस्ट हुन्छ । भिटामिन सी र बीले भरपूर मुँगको दाल सेवन गर्दा स्वास्थ्य गजबको हुन्छ ।
चुकन्दर रस
दिनदिनै चुकन्दरको रस पिउँदा मांसपेशीहरू बलिया हुन्छन् अनि शरीरलाई ऊर्जा पुग्छ ।
अंकुरित चना
बिहान नियमित रूपमा खाली पेट अंकुरित चना खाँदा दिनभरि शरीरमा ऊर्जा रहन्छ । तीस ग्राम टुसा पलाएको चना खाँदा शरीरमा प्रोटीन, भिटामिन र पोषक तत्त्वको कमी पूरा भएर स्टामिना बढ्छ ।
दाल
दिनभरि आफूलाई ऊर्जाशील राख्न चाहनुहुन्छ भने बिहानै दाल खाने गर्नुस् । यसले तपाईंलाई ऊर्जाशील बनाउनुका साथै पेटको रोगबाट पनि मुक्ति दिलाउँछ ।
पालुंगो
स्टामिना बढाउनका लागि पालुंगोको सूप, जुस वा सागपात सेवन गर्नु सबभन्दा राम्रो विकल्प हो । दिनबाट एकचोटि पालुंगोको सूप वा जुस पिउँदा घन्टौंसम्म ऊर्जा पाइन्छ ।
केरा
बिहान एउटा केरा खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ र शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यसबाहेक दिनमा सुस्तता आयो वा लो फील हुँदा जम्मा एउटा केरा खानुस् । सुस्तता भाग्छ ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...