×

NMB BANK
NIC ASIA

पहिलो कोरोना संक्रमित नर्सको भोगाइ : ‘पोजेटिभ’ देखिनु नै अचम्म ! सिटामोल नखाई निको

जेठ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाख अन्तिम साता । तराईको बढ्दो गर्मी । गर्मीसँगै कोभिड–१९ को ‘हटस्पर्ट’ बनेको कपिलवस्तु जिल्ला । वैशाख ३० गते कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत नर्सको ‘रोटेसन’मा बिदा परेको थियो ।

Sagarmatha Cement
Muktinath Bank

सोही दिन विश्व नर्सिङ दिवस पनि परेकाले अस्पतालमा कार्यरत नर्सहरूले एउटा सामान्य कार्यक्रम गरी नर्सिङ दिवस ‘सेलिब्रेट’ गरे । नर्सिङ दिवस मनाएर दिउँसो घरमा पुगेर हातको मोबाइल टेबुलमा के राखेकी थिइन्, अस्पतालबाट फोन आयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिफोन गर्नेले भने – ‘सिस्टर’ तपाईलाई कोरोना पोजेटिभ देखियो सर्तर रहेर बस्नुहोस् है !


Advertisment
Nabil box
Kumari

उनी अचम्ममा परिन् । उनलाई विश्वास नै लागेन । कसरी मलाई कोरोना भाइरस पोजेटिभ देखियो ? अस्पतालमा सँगै काम गर्ने चिकित्सकलाई फोन गरिन् । चिकित्सकको जवाफ पनि त्यहीँ आयो – तपाईको रिपोर्ट पोजेटिभ छ । अन्ततः रिपोर्टले नै देखाएपछि स्वास्थ्यकर्मीको नाताले उनले विश्वास गर्नैपर्‍यो ।

Vianet communication
Laxmi Bank

कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत कपिलवस्तु नगरपालिका–१ तौलिहवाकी २५ वर्षीया ती नर्सले न कतै क्वारेन्टाइमा गएर कसैको स्वाब संकलन गरेकी, न त कोही कोरोना संक्रमितको सम्पर्कमा पुगेकी । उनी मनमनै गमिरहिन् तर जिल्लामा भने कोरोना संक्रमितको संख्या बढ्दै गएको थियो । उनी नेपालमा पहिलो कोरोना संक्रमित नर्स हुन् ।

शुरूमा उनलाई केही डर लागेजस्तो भयो । केहीबेरमै उनले आत्मबल बलियो बनाए कोरोना जितिन्छ भन्ने सुनेकी/पढेकी पनि थिइन् । उनी आफैं स्टाफ नर्स भएकाले के–के गर्नुपर्छ भन्ने आफैंलाई पनि ज्ञान थियो । 

उनी सोमवार १४ दिनमै कोरोना जितेर घर फर्किएकी छन् । उनी अस्पताल पनि हिँडेर जाने गर्थिन् । उनको घरदेखि अस्पताल पैदल १० मिनेटमा हिँडेर पुगिन्छ । तौलिहवा अस्पतालमा विगत ५ वर्षदेखि कार्यरत थिइन् उनी । 

कोरोना संक्रमण रोकथामका लागि धेरै अस्पतालमा बहिरंग सेवा (ओपीडी) बन्द भएकाले अस्पतालमा बिरामीको चाप थियो । जिल्लामा संक्रमण बढ्दै गएपछि अस्पतालले उनीसहित ५ जनाको स्वाब (थुक र खकार) संकलन गरी वैशाख २७ गते परीक्षणका लागि पठाएको थियो । वैशाख ३० गते उनको रिपोर्ट मात्र ‘पोजेटिभ’ देखियो ।

कोरोना देखिएपछि उनी अन्य कोरोना उपचारका लागि बनाइएका आइसोलेसन सेन्टरमा गइनन् । आफू कार्यरत अस्पतालकै एउटा खाली कोठामा ‘आइसोलेट’ भएर २ हप्ता बिताएर उनी सोमवार घर फर्किएकी हुन् । ‘कोरोना केही होइन । सजिलै जितिन्छ । म एउटा सिटामोल पनि नखाइकन कोभिड–१९ जितेर घर फर्किएँ,’ उनले भनिन् ।

आफूलाई कहाँबाट कोरोना संक्रमण भयो भन्नेबारे निको भएर घर गइसकेपछि पनि उनले पत्तो पाएकी छैनन् । उनले थपिन्, ‘मलाई कोरोना देखिएपछि मेरो घरका सबै जना, अस्पतालमा मेरो सम्पर्कमा रहेका चिकित्सक, नर्स र बिरामीको गरी ११० जनाको स्वाब संकलन गरी जाँच गरियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आयो तर कहाँबाट मलाई पोजेटिभ देखियो, त्यो अचम्मको विषय भयो ।’

अस्पताल बसाइको अवधिभर उनमा कोरोनाको कुनै पनि लक्षण देखिएन । जेठ १ र ४ गतेको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । ‘मेरो रिपोर्ट १२ दिन अगाडि नै नेगेटिभ आएको थियो तर १४ दिन ‘आइसोलेट’ भएर बस्नुपर्छ भनेर म अस्पतालमै १४ दिन बिताएँ । अबको २ हप्ता ‘होम क्वारेन्टाइन’मा बस्छु,’ उनले भनिन्, ‘मलाई आइसोलेनमा बस्दा पनि दिन कटाउन समस्या भएन । इन्टरनेट थियो । भिडियो हेरें । समाचार हेर्ने, पढ्ने गरे । परिवारसँग कुराकानी पनि गरिरहें ।’

‘हाई प्रोटिन डाइट’ खाएर कोरोना सजिलै जित्न सकिने उनले बताइन् । ‘माछा, मासु, गेडागुडीको झोल लगायत प्रोटिनयुक्त खाना खाने र तातोपानी पिएँ कोरोना भाइरसलाई जित्न सकिन्छ,’ उनले भनिन् । बुवा, आमा, भाइ र उनी गरी उनको ४ जनाको परिवार छ ।

उनी नेपालगञ्जको भेरी नर्सिङ कलेजबाट स्टार्फ नर्स उत्तीर्ण गरी ५ वर्षदेखि घरपायक परेको कपिलवस्तु अस्पतालमा कार्यरत छिन् । कलिवस्तुमा कोरोना संक्रमितको सख्या ८० जनाभन्दा बढी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x