×

NMB BANK
NIC ASIA

गोकर्णेश्वर–४ का सङ्क्रमितको सम्पर्कमा आएका सबैको परिणाम नेगेटिभ

जेठ १३, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

गोकर्णेश्वर नगरपालिका–४ का कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैको परीक्षणको नतिजा नेगेटिभ आएको छ।  

Sagarmatha Cement
Muktinath Bank

नगरपालिकाका पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ का स्थानीयवासी भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय पुरुषको सम्पर्कमा आएका त्यस क्षेत्रका १९७ जनाको ट्रसिङ गरी आरडिटी परीक्षण गरिएको थियो। आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएकामा पिसिआर परीक्षण गरेपछि सबैको नतिजा नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले  जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आरडिटी परीक्षणमा पोजेटिभ देखिएका आठजनाको सम्पर्कमा आएका १६ जनाको पनि पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको उनले बताए। परीक्षणको परिणाम आउनुअघि पोजेटिभ आएकालाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो। पिसिआरको परिणाम नेगेटिभ आएपछि सबैलाई घर पठाइएको नगरपालिकाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

यसअघि नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पिसिआरको प्रतिवेदन भने नेगेटिभ आएको थियो। नगरपालिकामा हाल दुईजना कोरोना सङ्क्रमित पुष्टि भएपछि दुवै जनालाई आइसोलेशनमा राखी उपचार भइरहेको छ।

Vianet communication
Laxmi Bank

यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं अग्रभागमा रहेर सेवा दिने ९७ जनाको पिसिआर परीक्षणका लागि मंगलबार स्वाब सङ्कलन गरिएको छ। जनप्रतिनिधि, कर्मचारी र नेपाली सेना गरी ९७ को स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिए।

नगरपालिकामा यसअघि गरिएका आरडिटी र पिसिआर परीक्षणको प्रतिवेदन नेगेटिभ आएको जनाइएको छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x