बजेटले वर्तमान असहज परिस्थितिलाई सम्बोधन गर्ने

मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षको बजेट वर्तमान असहज परिस्थितिलाई व्यवस्थापन गर्ने गरी केन्द्रित हुने बताएका छन्।

सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति कार्यक्रमका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले ल्याएको नीति कार्यक्रम कोरोनाबाट प्रभावित भएको आर्थिक अवस्थाको व्यवस्थापनमा केन्द्रित रहेको बताएका हुन्। 


Advertisement

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ प्रदेशमा अन्य प्रदेशका तुलनामा धेरै नागरिक क्वारेन्टिनमा राखिएको जानकारी दिँदै तिनको कोरोना परीक्षणको दायरा बढाउने र संक्रमितलाई विशेष आइसोलेशन अस्पतालमा व्यवस्थित रुपमा उपचार गर्ने गरी व्यवस्थापन भइरहेको बताए।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत  गरेका थिए।


Advertisement

कमेन्ट गर्नुहोस्