×

NMB BANK
NIC ASIA

पानी, प्रेम र बिहे अस्वीकार, तर दलितका छोरीमाथि बलात्कार

जेठ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

१३ वर्षीया दलित बालिका, २५ वर्षीय युवाद्वारा बलात्कार ।

Muktinath Bank

सजाय – बिहे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले । 


Advertisment
Nabil box
Kumari

पाषण युगको यस्तो न्याय २१औँ शताब्दीमा । हाम्रै देशमा, हाम्रै समाजमा । 

Vianet communication
Laxmi Bank

दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका त्यही साँझ गाउँको रूखमा भेटिइन्, झुन्डिएको अवस्थामा । यो घटनाले बालिकाको बिहे गराइदिने स्थानीय जनप्रतिनिधिको न्याय मात्र होइन, हाम्रो समाजको चेतना नै रूखमा झुन्डिएको सन्देश दिएको छ । 

घटना हो रुपन्देही देवदहको । शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासी घरबाट हराइन् । बुबाको निधन भइसकेको छ । आमाले हारगुहार गरिन् । गाउँले जम्मा भएर खोज्न हिँडे । राति ११ बजे उनी नजिकैको खरबारीमा भेटिइन्, उनको साथमा थिए स्थानीय २५ वर्षीय वीरेन्द्र भर । 

भरले बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ छ । तर, १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार हो, जघन्य अपराध हो । 

यो विषयमा छलफल गर्न अर्को शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाहरूको भेला बस्यो । समाजले भन्यो, ‘बालिकामाथि अन्याय भएको छ, त्यसैले वीरेन्द्रले सजाय पाउनुपर्छ । सजायस्वरूप अब उनले बालिकालाई श्रीमती स्विकार्नुपर्छ ।’ 

बालिकालाई आफूमाथि भएको अपराध र उनले पाउनुपर्ने न्यायका बारेमा थाहा थिएन । उनकी आमालाई कानुनको दफाबारे जानकारी थिएन । त्यसमाथि उनको मत के छ भनेर समाजले सोध्दै सोधेन । बरु अब ‘बिटुलिएकी’ छोरी घरमा राखेर के गर्छौ भनेर समाजका मान्छेले आमालाई पनि छोरीको बिहे गरिदिन भने । 

आमा शान्ति देवीले नयाँ पत्रिकासँग भनिन्, ‘गाउँ समाजका मानिस जुटेर छलफल भएको थियो । छलफलमा वीरेन्द्र भरले मेरो छोरीलाई श्रीमती बनाउँछु भन्यो । वडाध्यक्षले समेत अब छोरीलाई जिम्मा दिनु ठीक हो भन्नुभयो । सबैको फैसलापछि छोरी वीरेन्द्रको पछि लागेर गएकी हो ।’ 

न्यायको पर्खाइमा आमा : रुपन्देही देवदहकी १३ वर्षीया बालिकालाई बलात्कार गर्ने र श्रीमती बनाएर लग्ने युवाको परिवारले छोरीको हत्या गरेको भन्दै उजुरी दिन इलाका प्रहरी कार्यालय बुटवल आएकी आमा ।

बलात्कार गर्ने पुरुष, तर बिटुलिनेचाहिँ बालिका । समाजको यस्तो मानसिकतालाई कसरी चुनौती दिने ? अबोध बालिकालाई थाहा थिएन । त्यसैले उनी फैसला स्वीकार गरेर बलात्कारी पुरुषको घर गइन् । 

घर पुग्नासाथ युवाको परिवार उफ्रन थाल्यो । परिवारका सदस्यहरू दलितकी छोरी बुहारी बन्न आई भन्दै बालिकामाथि जाइलागे । त्यही दिन दिउँसो स्थानीय रूखमा झुन्डिएको अवस्थामा बालिकाको लास भेटियो । 

देवदह–२ पेटवनिया रोहिणी खोला किनारमा उनको लास भेटिएको थियो । शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको, भित्री बस्त्र देखिएको र चप्पलसमेत नलगाएको अवस्थामा बालिकाको शव फेला परेकोे प्रहरीको भनाइ छ । 

‘उनीहरूले मेरो छोरीलाई तँ अछुतकी छोरी हाम्रो घरमा पस्न पाउदैनस् भनेछन् । कुटपिट गरेछन् । उनीहरूले कुटपिट गरेर मारेपछि मेरो छोरीलाई रूखमा झुन्डाएका हुन् । मैले चिनेको ठूलो मान्छे कोही छैन, सरकारले मलाई न्याय दिनुपर्छ,’ बालिकाकी आमाले भनिन् । 

तर, विपन्न दलित परिवारकी नाबालिकामाथि जघन्य अपराध भएको देखेर पनि प्रहरीले मुद्दा चलाउन मानेको थिएन । यो आत्महत्या हो भनेर प्रहरीले घटनालाई साम्य बनाउन खोजेको थियो । तर, १३ वर्षीया बालिकामाथि भएको बलात्कार गर्ने मात्र होइन, उनको बिहे गराइदिएर लगातार बलात्कार गर्न दिने फैसला सुनाउने समाजले पनि अपराध गरेको छ । यति लामो पृष्ठभूमिपछि रूखमा बालिका झुन्डिएको अवस्थामा फेला पर्दा पनि यो आत्महत्या भनेर प्रहरी मौन बसेको थियो । 

तर, अधिकारकर्मीहरूले दबाब दिएपछि घटनाको चार दिनपछि मंगलबार मात्रै प्रहरीले जाहेरी दर्ता गरेको छ । पूर्वसांसद तथा अधिकारकर्मी विनोद पहाडीले इलाका प्रहरी कार्यालयले अझै पनि जाहेरी दर्ता गर्न आनाकानी गरे पनि आफूहरूले आवाज उठाएपछि बाध्यतावश जाहेरी लिएको बताए । शव पोस्टमार्टमपछि मंगलबार आफन्तले बालिकाको शव बुझेका छन् । 

उता वडाध्यक्ष चौधरीले भने बालिकाको बिहे गराइदिने निर्णयमा आफ्नो भूमिका नभएको दाबी गरेका छन् । ‘घटना भयो भनेर स्थानीयले बोलाएपछि अर्को बिहान म पुगेको हुँ । बालिका र उनकी आमा तथा केटासँग पनि कुरा गरेको हुँ, बालिकाका आफन्तले आफूहरू अन्यायमा परेको र इज्जत गएको कुरा राखेका हुन् । तर, उनीहरूले वडामा कुनै उजुरी दिएका थिएनन् । त्यसैले हामीले लिखित रूपमा केही निर्णय पनि गरेका छैनौँ,’ उनले भने । 

कैयौँ निर्दोषलाई पहिल्यै पक्राउ गरेर पछि प्रमाण खोज्ने प्रहरीले यति धेरै घटना विवरण हुँदा पनि आरोपीलाई पक्राउ गरेको छैन । ‘मुख्य आरोपी केटा भएकाले उसलाई पक्राउका लागि लेखेका छौँ । अदालतबाट अनुमति लिने प्रक्रियाका लागि लेखेर पठाउने काम अगाडि बढेको छ । प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्छ,’ डिएसपी प्रतीक सिंह राठौरले भने । 

सहकर्मीले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा कैलालीको गौरीगंगा नगरपालिका–११ की २१ वर्षीया माया विकको सामूहिक बलात्कार र बीभत्स हत्या भयो । स्थानीय नगरपालिकाका लागि स्थानीयको तथ्यांक संकलन गर्ने जागिर पाएकी माया १२ असार, ०७५ मा बिहान घरबाट निस्किएकी थिइन् । तर, उनी फर्किनन् । उनको शव १५ असारमा चपथली सामुदायिक वनमा भेटियो । 

माया आफूसँगै काम गर्ने युवासँग घर फर्कँदै थिइन् । जंगलमा आएपछि उनलाई यौन प्रस्ताव राखेको र नमानेपछि पाँचजना मिलेर बलात्कार र हत्या गरेको पुष्टि भएको छ । घटनामा दोषी ठहर भएका चारजनालाई कैलाली जिल्ला अदालतले माघ ०७६ मा जन्मकैदको फैसला सुनाएको छ । 

जघन्य अपराधका मुद्दामा पनि न्याय पाउन आफूले धेरै दुःख पाएको बुबा हर्कबहादुर विक बताउँछन् । बलात्कार र हत्यामा संलग्न भुवन खाती र सुरज चौधरीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा जन्मकैद भएको छ । त्यस्तै, प्रतिवादी गणेश बडुवाल र मनोज बोगटीले कर्तव्य ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम कारबाही भोगिरहेका छन् । अर्का प्रतिवादी टपेन्द्र बोगटी पनि पाँच वर्षको कैद सजाय काटिरहेका छन् । 

छिटो टुंग्याउनुपर्ने जघन्य अपराधका मुद्दामा एक वर्ष ढिला गरेर भए पनि न्याय पाएको बुबा हर्कबहादुर विक बताउँछन् । प्रतिवादीमध्ये भुवन खाती र सुरज चौधरीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा जन्मकैद काटिरहेका छन् । त्यस्तै, प्रतिवादी गणेश बडुवाल र मनोज बोगटीले कर्तव्य ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम कारबाही भोगिरहेका छन् । अर्का प्रतिवादी टपेन्द्र बोगटी पनि ५ वर्षको कैद सजाय काटिरहेका छन् । 

धारो छोएको निहुँमा कुटपिट गरी वडासदस्यको हत्या,दुई वर्षदेखि न्याय पर्खिरहेको छ परिवार 

रुकुम घटना एउटा हत्या मात्र होइन, जातीय आधारमा दलितमाथि सदियौँदेखि भइरहेको ज्यादती उस्तै छ भन्ने डरलाग्दो प्रमाण हो । छुवाछूत र जातीय विभेद उन्मूलन गर्न देशले थरीथरीका कानुन बनाएको छ, पटकपटक घोषणा गरेको छ, पछिल्लोपटक १० जेठ ०६८ मा संसद्ले जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय र ऐन पास गरेको थियो । तर, जातीय विभेदविरुद्ध कानुन पास भएको दिन देशभर उत्सव हुनुपर्नेमा दलित युवा र उनका साथीहरूको रगत बगेको छ । 

जातका आधारमा गरिने विभेद दण्डनीय बनेपछि यो नौ वर्षमा १७ जना नागरिकले दलित भएकै कारण ज्यान गुमाएका छन् । कोहीले अन्तर्जातीय प्रेम र विवाहका कारण, त कोहीले पानी र चुलो छोएको निहुँमा । तर, चुलो छुन र प्रेम गर्न निषेध गरिएको दलित समुदायका किशोरीहरूलाई कथित माथिल्लो जातकाले बलात्कार भने गरिरहेका छन् । बलात्कारपछि न्याय पाउनुको सट्टा युवतीहरूको ज्यान लिने काम भएका छन् । यही नौ वर्षमा मात्र चार युवतीको बलात्कारपछि हत्या भएको छ, चारजनाको छुवाछूतको नाममा र एक महिलाको बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरिएको छ । त्यस्तै, दलित भएकै कारण आठ पुरुष पनि मारिएका छन् । 

जनप्रतिनिधि । जनताकोे आवाज बोल्ने न्याय दिने प्रतिनिधि । उनको आवाज बलियो हुनुपर्ने हो । तर, दलित हो भने जनप्रतिनिधिको के हालत हुन्छ भन्ने घटना कालिकोटको नरहरिनाथ गाउँपालिकामा देखिएको छ । संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई नरहरिनाथमा कुटेर मारियो, कारण उनले सार्वजनिक धारोमा पानी छोएकी थिइन् ।

नरहरिनाथ–९ की दलित महिला सदस्य मना सार्की १९ जेठ, ०७५ मा दिनभरि खेतबारीको काम गरेपछि हातखुट्टा धुन धारामा गएकी थिइन् । तर, सार्वजनिक धारा छोएको र पानी अछुतो बनाएको भन्दै उनलाई छिमेकी राजिन्दा शाही र सिर्जना शाहीले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । उपचार गर्नसमेत लैजान नपाएपछि मनाको त्यही राति ११ बजे ज्यान गयो । चार दिनपछि आफन्तले शव बुझेर दाहसंस्कार गरे, कुटपिट गर्ने छिमेकी दुई महिलालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ । तर, परिवारले अहिलेसम्म न्याय पाएको छैन, बरु उनीहरूलाई अहिले पनि छिमेकीले लाञ्छना लगाइरहेका छन् ।

स्थानीय शिक्षक चिन्तन नेपाली भन्छन्, ‘छुवाछूत र जातीय विभेदको मुद्दा हो यो । तर, कर्तव्य ज्यानको मुद्दा मात्रै चलेको छ, पोष्टमार्टममा पनि जालसाजी गरेर मुद्दाको तोडमोड गर्न खोजिएको छ, यो सबै दलित भनेर हेपेरै हो ।’ 

वडामा सर्वाधिक भोट ल्याएर जितेकी सार्कीको जघन्य हत्या हुँदा पनि वडाध्यक्ष र गाउँपालिकाले एउटा शोक विज्ञप्तिसमेत ननिकालेको शिक्षक नेपालीले बताए । उनले भने, ‘माथिल्लो जातकाहरू एकमुख भइहाले, बरु हामीमाथि अनेक लाञ्छना लगाउने कोसिस गरियो ।’  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x