कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
भारत र चीनबीचको सीमा विवाद चर्किंदै गएको छ । लद्दाखमा दुवै देशका सैनिक आमनेसामने भएका छन् ।
भारतले यस विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न भरपूर प्रयास गरिरहेको छ । तर चिनियाँ सैनिक प्रवेश नगरून् भनी भारतीय सेना वास्तविक नियन्त्रण रेखामा दृढ भएर समेत बसेको छ ।
सीमामा भौतिक निर्माण संरचना बनाउन पनि भारतले तीव्रता दिन थालेको छ ।
भारत र चीनले यस विवादलाई लद्दाख र बेइजिङमा कूटनीतिक तहमा समाधान गर्न कोशिश गरिरहेका छन् । तर चीनले वास्तविक नियन्त्रण रेखामा परिवर्तन गर्न खोजेको भन्दै भारतले त्यसलाई स्वीकार नगर्ने संकेत दिएको छ ।
भारतले चीनको जनमुक्ति सेनाका सैनिकहरूको गतिविधि पाँचवटा विवादित क्षेत्रमा बढेकोले कडा निगरानी गरिरहेको जनाएको छ । यी विवादित क्षेत्रहरू पांगोङ त्सो ताल, देमचोक र गलवान उपत्यकामा छन् । भारतले आफ्नो जमीन पनि नछोड्ने तर चिनियाँहरूलाई पनि नचिढ्याउने नीति लिएको छ ।
लेहस्थित तीनवटा इन्फ्यान्ट्री डिभिजनलाई अपरेसनल अलर्ट एरियामा पठाइएको छ । चीनले पनि पूर्वी लद्दाखमा १२ सयदेखि १५ सय सैनिकहरूलाई फरक फरक इलाकामा तैनाथ गरेको छ । चिनियाँ जनमुक्ति सेनाले पनि शक्तिप्रदर्शनका लागि कम्तीमा ५ हजार सैनिक सीमातर्फ खटाएको छ ।
पांगोङ त्सो तालमा चीनले भारी सैन्य तैनाथी गरेको छ । भूउपग्रहीय तस्वीर हेर्दा चीनले धेरैवटा सैन्य वाहन ल्याएको र तीव्र गतिमा बंकरहरूको निर्माण गरेको देखिन्छ । पांगोङ रणनीतिक रूपमा महत्त्वपूर्ण भएकाले भारत र चीन दुवै यसको नियन्त्रणका लागि भरमग्दुर प्रयास गरिरहेका छन् ।
यो ताल चुशुल अप्रोचको बाटोमा पर्छ । विज्ञहरूका अनुसार, चीनले भारतीय क्षेत्रमा आक्रमणका लागि चुशुल अप्रोचको उपयोग गर्ने सम्भावना छ ।
उक्त ताल ६०४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यसको लगभग दुई तिहाइ भाग चीनको नियन्त्रणमा छ । यसको पश्चिमी भागको एक तिहाइ जतिमा भारतको नियन्त्रण छ ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...