×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्धको परीक्षण खोप लगाएका युवकमा खराब असर देखियो

जेठ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसविरुद्ध खोपका लागि विभिन्न देशमा अहिले परीक्षण चलिरहेको छ । अमेरिकाको मोडर्ना कम्पनीले पनि एक खोप बनाएर मानिसमा त्यसको परीक्षण गरिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

तर त्यो परीक्षण खोप लगाउने युवकमा त्यसको नराम्रो असर देखिएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाशिङटनमा बस्ने २९ वर्षीय युवक इयन हेडनले कोरोनाको खोप लगाएका थिए । खोप लगाएपछि आफू बेहोश भएको उनले स्वास्थ्यसम्बन्धी खबर दिने वेबसाइट एसटीएटी न्युजलाई बताए । 


Advertisment
Nabil box
Kumari

खोपको दोस्रो डोज दिएको १२ घन्टापछि आफूलाई १०३ डिग्री ज्वरो आएको उनले बताए । 

Vianet communication
Laxmi Bank

उनी बिरामी परेपछि इमर्जेन्सी क्लिनिक लगियो । त्यहाँबाट घर फर्किंदा उनी बेहोश भए । तर २४ घन्टापछि उनको स्वास्थ्यमा सुधार आयो । 

केही मानिसलाई यो सुनेर डर लाग्ने तर मानिसहरूले खोपको विरोध नगर्ने आश गरेको इयनले बताए । 

अमेरिकामा रोयटर्सले गरेको एक सर्वेक्षण्मा लगभग २५ प्रतिशत युवाले खोप लगाउन रुचि नदेखाएको पाइयो । उनीहरूले खोपको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका थिए ।

इयन हेडनले मोडर्ना भ्याक्सिनको पहिलो डोज लगाउँदा हात दुखेको र हातलाई काँधमाथि उठाउन पनि गाह्रो परेको बताए । 

दोस्रो डोज दिँदा चाहिँ उनलाई ज्वरै फुट्यो । बिहान ५ बजे उनलाई इमर्जेन्सी क्लिनिक लगियो र चिकित्सकले उनलाई अस्पताल जान भने । तर उनी घर गए अनि घरमा उनलाई बान्ता आयो र उनी बेहोश भए । 

मोडर्ना कम्पनीले इयन लगायत ४५ स्वयंसेवीलाई कोरोनाको परीक्षण खोप लगाएको छ । चार स्वयंसेवीलाई यसबाट गम्भीर समस्या आएको छ तर कसैको ज्यान पनि खतरामा छैन । 

तर खोपले नराम्रो असर परेका अन्य व्यक्तिको बढी जानकारी उपलब्ध छैन । मोडर्नाका अनुसार, इयनसँगै तीन अन्य व्यक्तिलाई खोपको उच्च डोज दिइएको थियो । 

इयनले बिरामी भए पनि खोप लगाएर आफूलाई कुनै पश्चात्ता नभएको बताए । यसले शरीरमा खराब असर गर्ला भन्ने पीर पनि उनलाई छैन । 

खोप सुरक्षित रहेको जस्तो लागेको र यसले भाइरसविरुद्ध इम्युन रेस्पोन्स उत्पन्न गराइरहेको मोडर्ना कम्पनीको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x