चीनले आफ्ना सैनिकहरूलाई युद्धका लागि तयार रहन दियो निर्देशन

चीनले आफ्ना सुरक्षाबलहरूलाई सैनिकहरूको तालिम बलियो बनाउन तथा युद्धका लागि तयार रहन निर्देशन दिएको छ । 

राष्ट्रपति सी चिनफिङले सेनालाई खराब परिस्थितिको सामना गर्नका लागि तयार रहन, तालिमको स्तरोन्नति गर्न, सबै जटिल स्थितिलाई तत्काल र प्रभावकारी रूपमा हल गर्न अनि राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकासलाई दृढतापूर्वक प्रतिरक्षा गर्न आदेश दिएका छन् । 


Advertisement

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, देशको समग्र रणनीतिक स्थिरताका लागि सीले सेनालाई आदेश दिएका हुन् । 

अमेरिकासँग तनावको स्थिति, भारतसँग सीमा विवाद, ताइवानका विषयमा चिनियाँ नेताहरूको आक्रामक अभिव्यक्ति र हङकङमा विरोध प्रदर्शनहरू पुनः चर्किएको बेलामा चिनियाँ राष्ट्रपतिको निर्देशन आएको हो । 


Advertisement

दक्षिण चीन समुद्रको विवादित स्थानमा अनि ताइवान जलप्रपातमा अमेरिकी जलसेनाले गश्ती बढाइरहेको छ । त्यसमाथि वाशिङटन र बेइजिङ कोरोनाभाइरसको उत्पत्तिका विषयमा शाब्दिक युद्धमा व्यस्त छन् । 

पाँच दिनअघि चीनले आफ्नो रक्षा बजेट ६.६ प्रतिशतले बढाएर १७९ अर्ब डलर पुर्‍याएको छ । 

राष्ट्रपति बनेदेखि नै सीले चिनियाँ जनमुक्ति सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिँदै आएका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्