×

NMB BANK
NIC ASIA

संसद्को कार्यसूचीबाट हट्यो संविधान संशोधन विधेयक

जेठ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक टेबुल गर्ने प्रतिनिधि सभाले यसअघि तय गरेको कार्यसूची अन्तिम समयमा आएर हटाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

संघीय संसद सचिवालयले मंगलवार प्रकाशित गरेको बुधवारको सम्भावित कार्यसूचीमा कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्हाबाम्फेले विधेयक पेश गर्ने कार्यक्रम थियो । दिउसो २ बजे बस्ने बैठकमा नेपालको संविधान (दोस्रो संशोधन विधेयक) २०७७ माथि अनुमति माग्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज प्रकाशित कार्यसूचीमा संविधान संशोधन विधेयक टेबुल गर्ने कार्यक्रम हटाइएको छ । थप तयारीका लागि कार्यसूचीबाट सो विषय हटाइएको सचिवालय स्रोतले बतायो ।


Advertisment
Nabil box
Kumari

‘यसअघि पनि यस्तो हुन्थ्यो, हिजो प्रकाशित गरेको सम्भावित कार्यसूची थियो, संविधान संशोधन विधेयक अर्को दिनको कार्यसूचीमा राखिन्छ,’ सचिवालयका एक अधिकारीले भने ।

Vianet communication
Laxmi Bank

संविधान संशोधन विधेयक सर्वसम्मत पारित गराउने प्रयासस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार सर्वदलीय बैठक राखेका थिए । जेठ ६ गते सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले संविधान संशोधन विधेयक पारित भएको दिन मुलुकमा दीपावली हुने बताएका थिए ।

सरकारले गत शुक्रवार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटी सरकारले गत जेठ ५ गते नयाँ नक्सा प्रकाशित गरेको थियो ।

भोलि संसदमा नयाँ आर्थिक वर्षको बजेट पेश हुने भएकोले संविधान संशोधन विधेयकका थप प्रक्रिया १६ गतेपछि हुने संसद सचिवालयले जनाएको छ । आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिले विधेयक परिपक्व भएपछि प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।

हेर्नुहोस्, कार्यसूची (सम्भावित कार्यसूचीसहित) :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x