भारत र चीनबीचको सीमा समस्या समाधान गर्न सक्छु भन्दै अघि सरे ट्रम्प

फाइल तस्वीर

भारत र चीनबीच पछिल्लो समयमा देखिएको सीमा विवाद हल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अघि सरेका छन् ।

बुधवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ट्रम्पले आफू मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।


Advertisement

उनले लेखेका छन्, ‘हामीले भारत र चीन दुवै देशलाई सीमा विवादका सन्दर्भमा मध्यस्थता गर्न तयार छौं भनेर सुचीत गरेका छौं । यसो गर्न हामी सक्षम छौं ।’

ट्रम्पको यो ट्वीटलाई भारतीय सञ्चारमाध्यमहरूले भने ‘बिन बुलाए मेहमान’ भन्दै खिल्ली उडाएका छन् ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्