कांग्रेसकाे प्रश्न: संशाेधन प्रस्ताव कार्यसूचीबाट हटाउने, प्रमुख प्रतिपक्षलाई आराेप लगाउने?

प्रतिकार्यात्मक तस्वीर।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याएको विधेयक कार्यसूचीबाट हटाएकाेप्रति ध्यानाकर्षण भएकाे  जनाएकाे छ।

बुधबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको विधेयक टेबुल गर्ने बुँदा अन्तिम समयमा हटाइएको थियो। 


Advertisement

सम्भावित कार्यसूचीबाट हटाएपछि आलाेचना भइरहेका बेला कांग्रेसले विज्ञप्ति जारी गरेर सम्भावित कार्यसूचीबाट हटाएर प्रमुख प्रतिपक्षी दललाई त्यसबारेमा  आराेपित गर्न खाेजेकाे बताएकाे हाे।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार  जेठ ११ गते बसेकाे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिकाे बैठकले जेठ १३ र १५ गतेका लागि प्रतिनिधिसभाकाे बैठककाे कार्यक्रम निर्धारण गरेकाे थियाे तर जेठ १४ गतेका लागि बैठक अथवा कार्यसूची थिएन।


Advertisement

तर बुधबारकाे बैठककाे सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशाेधन सम्बन्धित प्रस्ताव हटाइएछि कांग्रेसले ध्यानाकर्षण भएकाे जनाएकाे हाे।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्