नेपाल-भारत सीमा विवादमा पाकिस्तानी प्रधानमन्त्री खानले के भने ?

file photo

भारतले नेपालको पश्चिमउत्तर सीमा क्षेत्र हुँदै तिब्बत जोड्न सडक उद्घाटन गरेपछि दुई देशबीच मतभेद चर्किरहेका बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खान मुख खोलेका छन्।

नेपाल र भारतबीच लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा विवाद छ। नेपालले यी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरिसकेकाे छ।


Advertisement

यही बेला खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई 'हिन्दुवादी फासीवादी' सरकार भएको बताएका हुन्।

बुधबार ट्वीट गर्दै उनले नागरिकतासम्बन्धी कानुनका कारण बंगलादेशलाई, सीमा विवादका कारण नेपाल र चीनलाई अनि झुठो अभियान चलाएर पाकिस्तानलाई भारतले 'धम्की दिइरहेको' उल्लेख गरेका छन्।


Advertisement

अर्को ट्विटरमा उनले भारत र पाकिस्तान दुवैले दाबी गरिरहेको जम्मु कश्मीरको चर्चा गरेका छन्। 

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्