मंसिर १६, २०८०
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि उपयोगी हुने विज्ञले सुझाव दिए पनि औषधालयमा भने जाँच उपकरणसमेत छैन।
काठमाडौँ महानगरपालिका–८ स्थित जयवागेश्वरीमा रहेको वाग्मती अञ्चल आयुर्वेद औषधालयमा भने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगायत सामग्री नहुँदा बिरामीको परीक्षण गराउन समस्या भएको हो। सुरक्षा उपकरण नभएकाले औषधालय आएका बिरामीलाई टाढै राखेर सोधपुछका आधारमा औषधि दिने गरेको कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा अञ्जु कार्कीले बताए।
सुरक्षा उपकरण नभएकाले औषधालयमा प्रेसर समेत जाँच गरिँदैन। औषधालय छिर्ने बित्तिकै सोधपुछ कक्षमा कर्मचारीले टाढाबाट थर्मल गनले ज्वरो नापेर मात्र भित्र छिराइन्छ। दाहिने काँध दुखेर औषधालयमा जचाउन जाँदा नछोइकन सोधपुछका आधारमा आयुर्वेद चिकित्सक डा कार्कीले औषधि दिएको गोकर्णेश्वरका मक्षेन्द्रप्रसाद सापकोटाले सुनाए।
आयुर्वेदका धेरै औषधिले रोग प्रतिरोधी क्षमता बढाउने भन्दै कोरोनाबाट बच्न जारी बन्दाबन्दीका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी निर्देशिका नै जारी गरेको छ । औषधालयमा भने सुरक्षा उपकरणसमेत नहुँदा बिरामीले सामान्य सेवासमेत पाउन नसक्ने अवस्था बनेको छ । औषधालय वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत छ ।
अञ्चल आयुर्वेद औषधालय भने पनि जिल्ला आयुर्वेद औषधालय भन्दा कम कर्मचारीको दरबन्दी दिँदा काममा अप्ठ्यारो भएको कर्मचारीको गुनासो छ । काठमाडौँमा अञ्चल आयुर्वेद औषधालय भएकाले जिल्ला औषधालय छैन । काठमाडौँका पाँच स्थानीय तहमा समेत आयुर्वेद औषधालय छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाको भद्रवास, नागार्जुन नगरपालिकाको सीतापाइला, चन्द्रागिरि नगरपालिकाको मातातीर्थ, कीर्तिपुर नगरपालिकाको पाँगा र दक्षिणकाली नगरपालिकाको फर्पिङमा आयुर्वेद औषधालय रहेका छन् । देश सङ्घीय सरचनामा जानु अघि पाँचवटै कार्यालय वाग्मती अञ्चल आयुर्वेद औषधालय थिए । हाल सबै औषधालय सम्बन्धित स्थानीय तह मातहतमै छन् ।
आयुर्वेदका ग्रन्थमा ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् देश अथवा स्थानका मानिस हुन् तिनलाई त्यहीँ पाइने जडिबुटीले औषधिको काम गर्छ भन्ने सन्देश बोके पनि सम्बन्धित निकायले यसलाई बिर्सेको यस क्षेत्रका विज्ञको गुनासो छ।
जसका कारण कौडीको भाउमा जडीबुटी विदेशिने र औषधिका गोली बनी हजारौँको मूल्य लिएर भित्रिने गरेको आयुर्वेदको उपचारमा सक्रिय वैद्य दीपक सुवेदी बताउँछन्। यहीँका जडीबुटीको उपयोग गर्नसके बाहिरबाट भित्रने औषधिले भन्दा बढी रोग प्रतिरोधी काम गर्ने उनको विश्वास छ।
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’अवार्ड जितेका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशक...
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...