×

NMB BANK
NIC ASIA

'महामारीका बीच बजेट ल्याउँदा आकार घटाउनुपर्‍यो'

जेठ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीले ल्याएको संकटको अवस्थाका कारण ठूलो आकारको बजेट ल्याउन नसकिएको बताएका छन् । शुक्रवार भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट करिब ४ प्रतिशत कम आकारको ल्याएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आफूले निकै संयमता अपनाएर बजेटको आकार सानो बनाएको उनको दावी छ ।   ‘यसरी बजेटको आकार सानो हुनु भनेको हामी सामान्य अवस्थामा छैनौं भन्ने बुझिन्छ । सामान्य अवस्थामा मुद्रास्फितीलाई समेत ख्यालमा राखेर बजेटको आकार कम्तीमा १० देखि १४ प्रतिशतसम्म बढ्छ,’ उनले भने,‘तर यो पटक हामीलाई त्यो सुविधा भएन । हामीलाई उच्च आर्थिक वृद्धिदर हासिल गर्नका लागि अत्यन्त धेरै लगानी गर्नुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने र सार्वजनिक क्षेत्रको लगानीलाई पनि अगाडि बढाउनेगरी बजेट बनाउनु सामान्य सिद्दान्त भएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

निजी क्षेत्रको लगानीलाई परिपूरक भूमिका निर्वाह गर्ने गरी क्राउड आउट नगरी क्राउड इन गर्ने गरी सरकारको खर्च र लगानी बढाउनु पर्ने बताउँदै उनले यसले मुलुकलाई उच्च आर्थिक वृद्धिको बाटोमा लैजाने बताए ।

Vianet communication
Laxmi Bank

उनले जनजीवनलाई सामान्य तुल्याइ राख्दै आगामी वर्ष तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्य राख्नका लागि शक्ति सञ्चय गर्ने बेला  भएको उल्लेख गर्दै यसकारण पनि कहिलेकाँही २ फड्को अघि बढ्नका लागि एक फड्को पछि हट्नुपर्ने उल्लेख गरे ।

कोरोनाका कारणले अर्थतन्त्र अत्यन्तै तरल अवस्थामा रहेको बताउँदै मुलुकभित्र मात्रै नभई अन्तर्राष्ट्रिय लगानी, व्यापार, पर्यटकको आवगमन, श्रम बजारबाट उत्पन्न हुन सक्ने आर्थिक परिसूचकहरु विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय र त्यसको आधारबाट अर्को वर्ष कस्तो हुन्छ भन्ने पूर्वानुमान गर्न कठिन भएको उनले बताए । 

‘अहिले विश्वका ठूला अर्थशास्त्रीहरुले कोरोनाको अर्थतन्त्रमा असर यति लामो समयसम्म आइपुग्ला भनेर भनिरहनु भएको छ । र, हामीले पनि जुन दिन चैत १० देखि जेड १६ गतेसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ । त्यसो हुँदा आगामी वर्षको बजेट बनाउँदा अत्यन्तै सतर्कताका साथ, तत्कालै गरिहाल्नुपर्ने काम, जीवन रक्षा गर्दै, आर्थिक क्रियाकलापलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि दरिलो जग बसाल्ने गरी बजेट निर्माण गरेको छु,’ उनले भने ।

बजेटमा छिटो प्रतिफल दिने आयोजना समेटेको दावी गर्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरु, मुलुकलाई दूरगामी प्रभाव पार्ने र खासगरी गेम चेञ्चर आयोजनालाई निरन्तरता दिनका लागि बजेट व्यवस्थापन गरेको स्पस्ट पारे ।
अर्थमन्त्री खतिवडाले कोरोनाबाट परेको अर्थतन्त्र उकास्नको लागि सरकारले ५५ देखि ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको बताए । सरकारले दिने राहतका प्याकेजहरु विभिन्न प्रकारको हुने भन्दै सरकारले बजेट मार्फत ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको उनले स्पस्ट पारे ।

सरकारले विद्युतमा ८ अर्ब रुपैयाँको राहत दिएको भन्दै अर्थमन्त्री खतिवडाले यसमा विभिन्न छुट समावेश भएको जानकारी दिए । ‘राहतको कार्यक्रम भनेको नगदै बाढ्ने मात्र होइन, करछुट, ब्याजदरमा सहुलियतबाट दिन सकिन्छ, हामीले सबै उपायहरु अपनाएर राहतको प्याकेज ल्याएका छौ,’ अर्थमन्त्री खतिवडाले भने ।

यस्तै ब्याज अनुदानबाट २० अर्ब रुपैयाँको राहत दिएको अर्थमन्त्री खतिवडाले बताए । सामाजिक सुरक्षा कोषमा दर्ता भएका रोजगारदाता र श्रमिकले तिर्नुपर्ने रकम लकडाउनअवधीभर सरकारले तिर्ने र यसको लागि डेढ अर्ब रुपैयाँको राहत दिइएको बताए ।

उनले कर छुटको माध्यमबाट साँढे ६ अर्ब रुपैयाँ राहत मिल्ने उल्लेख गरे । 

उनले रोजगारीका लागि विभिन्न क्षेत्र सिर्जना गरिएको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम, स्थानीय विकास निर्माण, साना ठूला सबै प्रकारका आयोजना, आफ्नो गाउँ आफैं बनाउँ अभियानलगायतका क्षेत्र सबैमा २ लाख रोजगारी सिर्जना गर्ने तयारी गरिएको अर्थमन्त्री डा. खतिवडाले बताए । उनले सानाकिसान कर्जा कार्यक्रममा तीन अर्ब ६० करोड बजेट विनियोजन हुँदा  थप ४० हजारले रोजगारी पाउने उल्लेख गर्दै युवा स्वरोजगार कर्जाको थप प्रवाहबाट १२ हजारलाई रोजगारी पाउने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x