×

NMB BANK
NIC ASIA

कूल संक्रमितको ३६ प्रतिशत प्रदेश ५ मा; ४३३ जना संक्रमित, ३ जनाको मृत्यु

जेठ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नम्बर ५ मा मात्र कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ, यो देशभरका कुल संक्रमितको ३६ प्रतिशत हो ।

Muktinath Bank

प्रदेशमा ३ जनाको कोभिड– १९ बाट मृत्यु भएको छ । मृत्यु हुने गुल्मी, अर्घाखाँची र बाँकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवारसम्म देशभर १ हजार २ सय १२ जना संक्रमित पुगेका छन् । प्रदेश ५ का १२ जिल्लामध्ये ९ जिल्लामा संक्रमित भेटिएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश पाँचमा ४७ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा सबैभन्दा धेरै बाँके र कपिलवस्तुमा संक्रमित १ सयभन्दा बढी छन् ।

Vianet communication
Laxmi Bank

जेठ १० गते अर्घाखाँची भूमिकास्थानका ३५ वर्षीय पुरुषको भारतबाट नेपाल फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । 

उनको मृत्युपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश ५ मा मात्रै ३२ हजार ३ सय ७३ जना क्वारेन्टाइनमा छन् ।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। उमाशंकरप्रसाद चौधरीले प्रदेशमा भारतबाट आएर क्वारेन्टाइमा बसेकाहरूको स्वाब परीक्षण तीव्र पारिएको बताए ।

उनका अनुसार १२ हजार ३ सय ३१ जनाको स्वाब संकलन गरी जाँच गरिएको छ । ९ हजार १ सय ८० जनाको जाँच गर्दा ४ सय ३३ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

अझै २ हजार ७ सय ३८ जनाको रिर्पोर्ट आउन बाँकी छ ।

प्रदेश ५ मा विभिन्न नाकाबाट दैनिक हजारौं मानिसहरू नेपाल भित्रिएका छन् । अहिले प्रदेशका क्वारेन्टाइन भरिभराउ छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x