×

NMB BANK
NIC ASIA

धानको बीउ नपाउँदा अन्न सङ्कटको त्रास

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मध्य जेठ कटुञ्जेलसम्म धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्यबाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्न सक्ने आशङ्काले पिरोलिएका हुन् । 

Muktinath Bank

यसपालि वैशाखी तरकारी लकडाउनले बजार पुर्‍याउन नसकेर बोटमै बुढिनु, मकैबाली फौजी किराले सखाप पार्नु, फलपूmल हावाहुरीले सोत्तर पारेर झार्नु र त्यसपछि धानको बीउ नपाएपछि मन कसरी अड्याउने भन्ने किसानको गुनासो छ । जेठ मध्य कटिसक्दासम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाइँ गर्न नभ्याइने हो कि भन्ने किसानको आशङ्का छ । कोरोना सन्त्रास छल्न जारी लकडाउनले कृषि सामग्रीका बजार नखुल्दा अहिले धानको बीउ नपाएर किसानको पिरलो बढेको हो ।
 
असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाइँ शुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपालि ठिक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ । “जेठ आधा कट्यो, धानको बीउ पाइएको छैन”, जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान रामचन्द्र राय भन्नुहुन्छ, “यसपालि खेतीको सबै तालिका भताभुङ्ग भयो, समयमै धान रोपाइँ गर्न नपाइन पो हो कि भन्ने  परिसक्यो  ।” मध्य जेठमा धानको बीउ ब्याडमा राखिसक्नु पर्नेमा आपूmहरु अझै बीउ नपाएर झोक्राउनुपरेको रायको भनाइ छ ।
 
जिल्लाको मुख्य फसल (बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घर गुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले–पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नुपरेको किसानको भनाइ छ ।
 
“हामीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहितका दर्जनौँ धानका जात हुन्थे”, भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८० वर्षीय किसान जितन यादव भन्छन्, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।” पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा धान नपाएर गलफती पर्ने गरेको यहाँका आम किसान बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकासे धान लगाउन थालीकन वर्षेनीजस्तो जात फेरिने गरेको किसानको अनुभव छ । “यो पो राम्रो भन्छन्, अनि त्यही लगाइयो”, भङ्गाहा–४ रामनगरका ७० वर्षीय किसान इस्लाम राइन भन्छन्, “कुन–कुन जातका धान लगाइयो नाम याद छैन, बीउ बजारकै भर पर्न पर्ने ! यसपालि लकडाउनले बीउ नपाउँदा धानखेती के हुने भन्ने चिन्ता छ ।”


Advertisment
Nabil box
Kumari

जिल्लामा जिल्ला कृषि विकास कार्यालय होउञ्जेल तिनका मातहतका कृषि केन्द्र र उपकेन्द्रमा कृषि प्राविधिक बस्ने र बेलाबेला खेतीबारे परामर्श लिन पाउने दिन पनि गएका किसानको गुनासो छ । “गाउँमा सिंहदरबार पुगेको कुरा मात्र भयो, हाम्रा कुनै स्थानीय तहले कृषि शाखा चलाउन सकेनन्”, लगन, मेहेनत र उत्पादन लिन जिल्लामै कहलिएका भङ्गाहा–४ कै किसान सत्यनारायण यादव भन्छन्, “जिल्ला कृषि विकास कार्यालय हुँदा विषयपिच्छेका विज्ञ (बाली, फलफूल, तेलहन, मत्स्य) थिए, अहिले कहाँ हराका होलान् भन्ने लाग्छ, पछिल्लोपटक गाउँमा सिंहदरबार पु¥याउने कुराले कृषि क्षेत्रका संरचना हटाइँदा सबै भताभुङ्ग बढ्यो ।” खेतीपातीबारे बोलाएर राय सल्लाह दिने, हेरिदिने अब पछिल्ला स्थानीय तहको निर्वाचन भएयता कोही नभेटिएका यादव विरक्तिँदै बताउँछन् ।

Vianet communication
Laxmi Bank

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये कुनैले कृषि शाखा सञ्चालन गरेर विज्ञहरुबाट किसानलाई सल्लाह दिने, बालीनाली हेरिदिने, कृषि सामग्रीको  बजार व्यवस्थापन गर्ने र किसानकै गुनासो सुन्ने ठाउँ कतै नबनेको जिल्लाका आम किसानको गुनासो छ । 

जिल्ला कृषि विकास कार्यालय विघटन गरिएपछि अहिले महोत्तरी र सर्लाही कार्यक्षेत्र रहने गरी स्थापित कृषि ज्ञान केन्द्र मलङ्गवा (सर्लाही)ले धानको बीउबारे किसानलाई कुनै अपिल गरेको छैन ।  बीउ नपाएर छट्पटाएका बेला कुनै कृषिसम्वद्ध कार्यालय र आफ्नै स्थानीय तहको सोधखोज नपाएपछि अहिले किसान बिरक्तिएका छन् ।
 
यसैबीच कृषि ज्ञान केन्द्र मलङ्वाका निमित्त प्रमुख देवानन्द राय यादवले धानको बीउ खरिद बिक्रीको इजाजत लिएका एग्रोभेट सञ्चालकले उचित मूल्यमा किसानलाई उपलब्ध गराउने व्यवस्था रहेको बताए । यस्ता एग्रोभेट सञ्चालकले किसानलाई लकडाउनकै अवधिमा पनि शारीरिक दूरी र अन्य सुरक्षा उपाय अपनाएर दिनपर्ने व्यवस्था छ । बीउ राख्ने ठिक्क बेलामा सामग्री लुकाउने, बढी मूल्य लिने वा अन्य समस्या देखिएमा स्थानीय प्रशासन र स्थानीय तहले अनुगमन गरेर यस्तालाई कारवाही गर्न सक्ने यादवको भनाइ छ । 

यसअघि जिल्ला कृषि विकास कार्यालय छँदा उसको मातहत रहेका कृषि केन्द्र र उपकेन्द्रहरु सम्बन्धित स्थानीयतह मातहत गएकाले आपूmहरुको  निगरानी नरहने कृषि ज्ञान केन्द्र मलङ्गवाले स्पष्ट पारेको छ । “हाम्रो कार्यालय (कृषि ज्ञान केन्द्र) प्रदेश सरकारमातहत छ, हामी प्रदेशकै निर्देशन मुताविक काम गर्छौँ”, केन्द्रका निमित्त प्रमुख यादवले  भने, “विगतमा स्थानीय किसानका बीचमा काम गर्दै आएका कृषि केन्द्र, उपकेन्द्र र पशु स्वास्थ्य केन्द्र सबै अब स्थानीयतह मातहत छन् ।”

सैद्धान्तिकरूपमा यस्तो व्यवस्था भए पनि स्थानीय तहले कृषि शाखा सञ्चालन नगर्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले कुनै काममा नदेखिएका महोत्तरीको आम कुरा नै बनेको छ । “यो विलकुल विषय दक्षतामा आधारित क्षेत्र रहेछ”, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले भने, “किसानले बढीभन्दा बढी सेवा लिनसक्ने गरी कृषि शाखाको सञ्चालन र सेवा प्रवाहको उचित समन्वय गर्न सकिएको छैन ।”

यता  स्थानीय तहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आफूहरु स्थानीय तहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आपूmहरुसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको गुनासो छ । 

जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको छ । अहिले बजारमा धानको बीउ नै पर्याप्त नपाउँदा किसानले पर्याप्त धान रोपाइँ गर्न नसकिने स्थिति देखिन लागेको छ । अब गुजाराको एउटै सहारा देखिने धानबाली लगाउन सक्ने अवस्था नआए भोकमरी हुने चिन्ताले किसान पिरोलिएका छन् । यो अवस्था अन्त्य गर्न अहिले तत्काल प्रदेश सरकार, स्थानीय तह र कृषिसम्वद्ध कार्यालयको समन्वय आवश्यक देखिएको विज्ञले सुझाएका छन् । गोपालप्रसाद बराल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x