×

NMB BANK
NIC ASIA

पोखराकै ‘ड्रीम प्रोजेक्ट’ हो केबलकार । ‘अन्नपूर्ण’ केबलकार निर्माण लकडाउनबीच पनि निरन्तर चल्यो । 

Sagarmatha Cement
Muktinath Bank

फेवाताल किनार सेदीबगरदेखि सराङ्कोट जोड्ने २ किलोमिटर २७५ मिटर लम्बाइको केबलकार निर्माण परियोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
 
अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ भन्छन्, ‘कोरोनाबाट बच्न लकडाउनजस्तो विषम परिस्थितिमा पनि काम निरन्तर जारी राख्यौं । ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । लकडाउन खुलेको १ महिनाभित्रै केबलकार सञ्चालनमा आउनेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा नेपालकै प्रमुख पर्यटकीय शहर हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण प्रभाव कारण पर्यटन व्यवसाय नराम्ररी थलिन पुग्यो । पर्यटनविद्का अनुसार पहिलेकै अवस्थामा पर्यटन फर्किन २ वर्षसम्म लाग्न सक्छ । 


Advertisment
Nabil box
Kumari

यद्यपि केबलकार निर्माणले भने पोखरामा नयाँ पर्यटकीय गन्तव्य थप्ने र आन्तरिक एवं बाह्य पर्यटनलाई धेरथोर प्रवद्र्धन गर्ने विश्वास पोखरेलीको छ ।

Vianet communication
Laxmi Bank

परियोजनामा हाल ५० जना मजदुरले निरन्तर काम गरिरहेका छन् । लकडाउनको पहिलो २ हप्तासम्म काम रोकिएकोमा पछि निरन्तरता दिइएको हो । अध्यक्ष गुरुङका अनुसार केबलकारमा १८ वटा गोण्डोला (डिब्बा) सहित तार जडान र फिनिसिङ केही काम 
मात्र बाँकी रहेको छ भने अन्य भौतिक संरचना निर्माण सकिएको छ । १७ वटा गोण्डोला यात्रु र एउटामा सामान लैजान प्रयोग गरिनेछ । पछि पुनः ४ वटा डिब्बा समेत थप गरिनेछन् । केबलकारमा ३६ वटासम्म गोण्डोला राख्न सकिने क्षमता छ ।

सञ्चालनपछि प्रतिघण्टा १ हजार ५०० जनालाई सेवा दिन सकिने बताइएको छ । कम्पनी नाफामा जान भने प्रतिघण्टा ५०० जना यात्रु ओसार्नुपर्छ । फेवातालबाट सराङ्कोट पुग्न गाडीमा ४५ मिनेट लाग्छ तर केबलकार सञ्चालनपछि ७–९ मिनेटमै पुग्न सकिने छ ।  

कम्पनीका अध्यक्ष गुरुङले भने, ‘देशमा केबलकारमा काम गर्ने दक्ष जनशक्ति अभाव भएकाले जापानबाट २ जना दक्ष प्राविधिक आएको १ महिनाभित्रै केबलकार सञ्चालन गर्नेछौं ।’ उनका अनुसार पहिलो १ महिना परीक्षण हुने र पछि व्यावसायिक रुपमा सञ्चालन हुनेछ ।

शिलान्यासपछि डेढ वर्षमै परियोजना निर्माण पूरा हुने लक्ष्य थियो तर विविध परिस्थिति र प्राविधिक कारणबीच निर्माण अवधि बढ्यो । ३ वर्ष बढी समय बितेपछि १ अर्बमै सकिने परियोजना निर्माण लागत समेत बढ्न गएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार कहिले जग्गा विवाद, कहिले दक्ष जनशक्ति अभावका कारण ढिलाइ हुन गएको हो । अब लगानी बढेर १ अर्ब ५० करोड रुपैयाँ लगानी लाग्ने अनुमान छ ।  

केबलकारमा तल्लो तथा माथिल्लो गरी २ वटा स्टेसन निर्माण गरिएको छ । रेस्टुरेन्ट, पार्किङ, कफीशप, गार्डेन सहितको संरचना बनाइएको छ । निर्माणको लागि चितवन कोई समूहले जिम्मा पाएको छ । सराङ्कोटमा रहने माथिल्लो स्टेसन भवनको उपल्लो तलामा सुविधासम्पन्न रेस्टुरेन्ट, भ्यू टावरसहित संरचना निर्माण गरिएको सञ्चालक तीर्थराज त्रिपाठीले बताए । जसको सजावट तथा फिनिसिङ जारी छ । ३० रोपनी क्षेत्रफलमा स्टेसन सहितको संरचना निर्माण भएकोमा २५ रोपनी क्षेत्रफल भाग तारमुनि परेको छ ।

परियोजनामा नेपाली व्यवसायीले ७५ प्रतिशत, जापानी नागरिक टाकासी मियाहाराले १५ प्रतिशत र स्थानीयवासीले १० प्रतिशत लगानी गरेको प्रालिले जनायो । परियोजनालाई राष्ट्रिय वाणिज्य बैंक लगायत केही बैंकले ऋण सहयोग उपलब्ध गराएका छन् ।

केबलकारबाट यात्रा हिमाल, ताल, जंगल र पोखराको मनोरम दृश्य आँखै अगाडि ठोक्किने हुँदा यसले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ । पोखराको चुली सराङ्कोट विशेषगरी सूर्योदय र सूर्यास्त अवलोकनका लागि चर्चित छ भने दैनिक ३ हजार पर्यटक पुग्छन् ।

हालै मात्र गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन), पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापा, सञ्चारकर्मी लगायत टोलीले परियोजनाको अवलोकन गरी निर्माण प्रगतिबारे जानकारी लिएका थिए । 

नेपालमा सञ्चालित मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यसमा नयाँ प्रविधि प्रयोग गरिएको दाबी प्रालिको छ । नेपालमै सबैभन्दा पहिले मनकामना केबलकार सन् १९९८ देखि सञ्चालनमा आएको हो । कुरिनटार–मनकामना जोड्ने केबलकारको लम्बाइ २ किलोमिटर ७७२ मिटर छ । सन् २०१६ देखि सञ्चालित चन्द्रागिरी केबलकारको लम्बाई २ किलोमिटर ४०० मिटर छ । यसले थानकोट–चन्द्रागिरी जोड्छ । गण्डकी प्रदेशमै तनहुँको पर्यटकीय एवं ऐतिहासिक क्षेत्र बन्दीपुर पुग्न पनि केबलकार निर्माण भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x