क्वारेन्टाइनमै जन्मियो बच्चा

प्रतिकात्मक तस्वीर

बाजुराको बुढीगंगा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा १ महिलाले शुक्रवार राति बच्चा जन्माएकी छन् ।

सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी पत्नी तुलसी चदाराले शुक्रवार राति १० बजेतिर बच्चा जन्माएकी हुन् ।


Advertisement

वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए । भारतबाट आएको ३ दिनपछि क्वारेन्टाइनमा बसेका बेला २० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएको उनले बताए ।

सोही वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वारेन्टाइनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको बताइन् । उनका अनुसार क्वारेन्टाइनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ । 


Advertisement

यस्तै, बूढीगंगा नगरपालिका–१ वडा कार्यालयले धुरालसैन माध्यमिक विद्यालयमा ३ दिनकी सुत्केरी महिला क्वारेन्टाइनमा बसेको पाइएको छ । सोही नगरपालिका अम्कोटकी २० वर्षीया पूजा नेपाली रहेको वडा सदस्य थापाले बताए ।

भारतको पलियाबाट सुत्केरी भएर आएकी नेपाली र उनका पति समेत सोही क्वारेन्टिनमा बस्दै आएका छन् । क्वारेन्टाइनमा बसेका सुत्केरी आमा र शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी दिया सिंहले बताइन् ।

कमेन्ट गर्नुहोस्