×

NMB BANK
NIC ASIA

रुकुम घटनाको छानविन गर्न उच्च स्तरीय समिति गठन गर्न माग

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सभा सदस्यहरूले जेठ १० गते पश्चिम रुकुममा भएको विभत्स हत्याकाण्डको छानविन गर्न उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच जना सांसदहरूले शनिवार प्रदेश सभाका सभामुख राजबहादुर शाही र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई एक ज्ञापन पत्र बुझाँउदै उक्त माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मिति २०७७ जेठ १० गते पश्चिम रूकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँमा सोही गाउँकी मल्ल थरकी युवती र जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ का नवराज बि.क.ले प्रेम सम्वन्धलाई वैवाहिक सम्वन्धमा परिणत गर्नका लागि केटा पक्षका केही युवाहरू युवतीलाई लिन भनी सोती गाउँ जाँदा युवती पक्षका आफन्तहरूले योजनावद्ध तरिकाले लखेटी–लखेटी नवराज वि.क., टिकाराम सुनार, गणेश वि.एम., सञ्चु वि.क. र लोकेन्द्र सुनारको निर्ममतापूर्वक हत्या गरिएको छ भने अझै एक जना गोविन्द शाही बेपत्ता छन् । अन्य युवाहरूलाई सक्त घाइते बनाइएको छ । यो घटनाको घोर भत्र्सना गर्दछौं,’ प्रदेश सभा सदस्य सिता नेपाली, राजु गुइदेल, रातो कामी, दानसिंह परियार, झोवा कामीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ, ‘२१ औ शताब्दीमा पनि सामूहिक रूपमा नियोजित किसिमबाट घटाइएको उक्त जातीय विभेदपूर्ण निर्मम सामूहिक हत्याले सिङ्गो सामाजिक वर्ग चरित्रको उदाङ्गो उदाहरण दिएको छ भने उक्त घटनाले सिङ्गो कर्णाली प्रदेशको मात्र होइन अन्तराष्ट्रियस्तरमा नेपालको शिर निहुरिएको छ । उक्त घटनाको जति निन्दा र भर्त्सना गरेपनि कमै हुन्छ । उक्त घटनाले हजारौं उत्पीडितहरूको बलिदानको एकातिर अपमान महशुस भएको छ भने अर्को तिर ब्राम्हणवादी राज्य व्यवस्थाको नाङ्गो चरित्र देखिएको छ । त्यसैले यो घटनालाई कर्णाली प्रदेश सरकारले गम्भीरतापूर्वक लिई प्रभावकारी भूमिका पूरा गर्न अनुरोध गर्दछौं । साथै दोषिलाई हदैसम्मको कारवाहीका लागि जोडदार माग गर्दछौं । उक्त घटनाको सत्यतथ्य अध्ययन, अनुगमन र छानविन गर्न उच्चस्तरीय संसदीय समिति गठन गरी सत्यतथ्य जनसमक्ष ल्याउनकर्णाली प्रदेश सभा समक्ष माग गर्दछौं ।’


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x