×

NMB BANK
NIC ASIA

अब कोरोना संक्रमितको उपचार घरमै गर्ने सरकारको तयारी

जेठ १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ ले गत माघको पहिलो साता नै चेतावनी दिएपछि जेठ मध्यसम्म सवा चार महिनामा सरकारले देशभर जम्मा १६ सय २४ आइसोलेसन बेड बनाएको छ । तर, शनिबारसम्म नेपालमा संक्रमितको संख्या १४ सय एक पुगेको छ । अस्पतालमा बेड नहुने भएपछि अब संक्रमितले घरमै उपचार गर्नुपर्ने अवस्था आएको छ । 

Muktinath Bank

संक्रमितमध्ये दुई सय १९ जना निको भएर घर गएका छन् । ‘११ सय ७६ जना संक्रमित अहिले अस्पतालमा छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन् । कोभिड अस्पतालमा अब चार ४८ जना संक्रमित मात्रै भर्ना गर्न सक्ने क्षमता छ । सरकारले केही अस्थायी क्लिनिकमा करिब चार सय संक्रमित राख्न सकिने जनाएको छ । तर, संक्रमणको गति र सरकारको तयारीबीच कतै पनि तालमेल देखिएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालमा करिब १५ सयसम्म संक्रमित हुने अनुमानका आधारमा तयारी गरिएकोमा संक्रमण तीव्र गतिमा फैलिएकाले अब उपचारको व्यवस्था नै परितर्वन गर्नुपर्ने अवस्था आएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । मन्त्रालय स्रोतका अनुसार अब घरमा बसेका, तर गम्भीर समस्या नभएका संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लागू गर्ने तयारी सरकारको छ । त्यस्तै अस्पतालमा भर्ना भएका, तर स्वास्थ्य सामान्य भएका संक्रमितलाई पनि घर पठाइने विषयमा छलफल भएको छ ।


Advertisment
Nabil box
Kumari

‘स्वास्थ्य सामान्य भएका अथवा लक्षण नै नदेखिएका संक्रमितलाई अस्पतालमा लगेर उपचार गराउन सम्भव देखिएन । अब संक्रमितलाई पनि स्वास्थ्य अवस्थाका आधारमा वर्गीकरण गरेर सेवा दिने भएको हो,’ मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘यो विषयमा छलफल भइरहेको छ, तर निर्णय भइसकेको छैन ।’

Vianet communication
Laxmi Bank

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड अस्पताललाई पनि तीन समूहमा वर्गीकरण गरिनेछ । मृत्युसँग लडिरहेका अन्तिम अवस्थाका बिरामी, गम्भीर बिरामी र सामान्य बिरामीलाई अलग–अलग समूहमा राखिनेछ । कोभिड संक्रमितको संख्या धेरै देखिएका र मृत्युको संख्या बढी भएका देशमा पनि यही सूत्रमा उपचार भइरहेकाले नेपालमा त्यही अनुसरण गर्न थालिएको मन्त्रालयको भनाइ छ । 

अहिलेसम्म भारतमा श्रम गर्न गएका युवामा मात्र संक्रमण भेटिएकाले मृत्युको संंख्या नियन्त्रित छ । तर, समुदायमा संक्रमण फैलिएमा दीर्घरोगी, वृद्धवृद्धालाई यसले बढी असर गर्नेछ । ‘हामी आजसम्म यो मानेमा भाग्यमानी छौँ, धेरै संक्रमितमा लक्षण नै छैन, भए पनि सामान्य छ । तर, मृत्युको संख्या पनि बढ्दै गएकाले सचेत भने हुनैपर्ने देखिएको छ,’ डा. देवकोटाले भने ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x