माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बन्दाबन्दीको दुई महिनाको अवधिमा प्रसूूति व्यथा लागेर अलपत्र परेका १४ महिलाको उद्धार गरी अस्पताल पु¥याइएको छ । सो कार्यक्रम अन्तर्गत जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिँदै आइएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दुर्गम क्षेत्रका गर्भवती एवं प्रसूतिका लागि स्वास्थ्य संस्थामा लैजान समस्यामा परेका महिलाको उद्धार प्राथमिकता साथ गरिँदै आएको जानकारी दिए। उनले मातृशिशु मृत्युदर कम गर्न व्यवस्था गरिएको सो कार्यक्रमबारे स्थानीय तहले सक्रियता बढाउनुपर्ने बताए।
राष्ट्रपति महिला उत्थान कार्यक्रमकी प्रमुख अञ्जु ढुङ्गानाका अनुसार सो कार्यक्रम कार्यान्वयन पछिको २१ महिनामा २०३ गर्भवती एवं प्रसूति व्यथा लागेका महिलाको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको कार्यविधि पारित भएको तीन महिनापछि हुम्लाको चङ्खेली गाउँपालिका–४ की २२ वर्षीया नीरा शाहीको पहिलो उद्धार गरिएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत उद्धार कार्यक्रम सञ्चालन हुँदै आएको छ । अप्ठ्यारोमा परेका सुत्केरीले आफ्नो वडाध्यक्ष मार्फत प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जानकारी गराएमा यो सुविधा लिन सकिन्छ ।
सुत्केरी तथा गर्भवती अवस्थामा महिलाको ज्यान जोखिममा पर्ने र समयमै उपचार नपाएमा ज्यानै जाने भएकाले हवाई उद्धार मार्फत स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था गरिएको छ । २०७५ असोज ३० गते कार्यविधि ल्याइएको थियो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा थप सुविधासहित उद्धारको कार्यक्षेत्र विस्तार गर्ने नीति अगाडि सारेको छ । विद्यमान कार्यविधि अनुसार दार्चुला, बैतडी, मुगु, डोटी, अछाम, जाजरकोट, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, म्याग्दी, ताप्लेजुङ, रसुवा, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम जिल्लाका प्रसूति व्यथा लागेका महिलाको उद्धार गरिँदै आएको छ ।
यसैगरी हिमाली र विकट पहाडी जिल्लाका जैमुनी, पाँचपोखरी थामपालधाप, हेलम्बु, जुगल, धादिङको रुवी भ्याली, आरुघाट, अजिरकोट, धार्चे, चुमनुब्री, बाग्लुङको ढोरपाटन, गलकोट, बडिघाट, निसिखोला, बोरेङ, ताराखोला, काँठेखोला, तमानखोलामा आंशिक रूपमा उद्धार कार्यक्रम लागू भएको छ । प्रमुख ढुङ्गानाका अनुसार यसरी उद्धार गरी ल्याइएका महिलालाई प्रदेश–१ मा कोसी अञ्चल अस्पताल, प्रदेश–२ को सगरमाथा अञ्चल अस्पताल सप्तरी, जनकपुर अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, बाग्मतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, भरतपुर अस्पतालमा उपचार हुने व्यवस्था छ ।
यस्तै गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, प्रदेश–५ को लुम्बिनी अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल बाँके, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, मध्यपश्चिम क्षेत्रीय अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराउने व्यवस्था छ । गोरखापत्र दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...