कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
जेठ १८, २०७७
सरकारले जारी लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को शनिबारको बैठकले कोरोना भाइरस रोकथामका लागि चैत ११ गतेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो। पछिल्लो समय जेठ २० गतेसम्मका लागि लकडाउन कायम भएकोमा सरकारले फेरि लम्ब्याएको हो।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तय गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।
यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमामा असार १६ सम्म आवागमन रोक्ने निर्णय गरेको छ। यसअघि सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गरिएको थियो। अहिले भारतबाट स्वदेश फर्कने र नेपालमा रहेका भारतीय पनि फर्किरहेका छन्। उनीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर सीमावारपार गराइने खतिवडाले जनाए।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ भने ७ जनाको मृत्यु भइसकेको छ। २ सय १९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
संसदीय दललाई कांग्रेसको निर्देशनः संविधान संशोधनको पक्षमा मतदान गर्नू
नेपाली कांग्रेसले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ।
कांग्रेस केन्द्रीय समितिको शनिबारको बैठकले उक्त प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको नेता गगन थापाले ट्वीट गरेका छन्। शनिबार अबेर राति बसेकाे कांग्रेस केन्द्रीय समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।
प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। संसद सचिवालयले नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले गरेको संविधान संशोधन विधेयक संसदको आइतबारको सम्भावित कार्यसूचीमा राखिसकेको छ।
भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटी सरकारले गत जेठ ५ गते नयाँ नक्सा प्रकाशित गरेपछि निशान छाप बदल्न संविधान संशोधन आवश्यक छ। त्यसका लागि प्रतिनिधि सभाले यसअघि जेठ १४ गतेका तय गरेको उक्त विधेयक टेबुल गर्ने कार्यसूची अन्तिम समयमा आएर हटाएको थियो।
क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि,कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुग्यो
दैलेखको दुल्लु नगरपालिकास्थित क्वारेन्टाइनमा ज्यान गुमाएका व्यक्तिमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ।
कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय,जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा रही ज्यान गुमाएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
ती व्यक्तिको शनिबार बिहान मृत्यु भएकोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गरिएको थियो। उनको रिपोर्ट कोरोना पोजेटिभ आएको कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उनको गत बिहीबार स्वाब संकलन गरिएको थियो। यही जेठ ७ गते भारतबाट आएका उहाँसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो। यससँगै नेपालमा ज्यान गुमाएका सात जनामा कोरोना रहेको पुष्टि भएको छ।
एमसीसी संसदबाट अनुमोदन नहुँदासम्म कामहरू रोक्ने नेकपाको निर्णय
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदबाट पारित नहुँदासम्म त्यससम्बन्धी कामहरू रोक्ने निर्णय गरेको छ ।
शनिवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले संसदबाट पारित नगर्दासम्म गर्न नहुने कामहरू रोक्ने समझदारी बनेको हो ।
एमसीसीका योजना आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको अनुसूचीमा समावेश भएपछि नेकपाभित्र विवाद देखिएको छ । सचिवालय बैठकमा मुख्यतः बजेटमा प्रस्तुत अनुसूचीमा राखिएको एमसीसी शीर्षकको योजनाबारे आवश्यक स्पष्टताको निम्ति छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘एमसीसी सम्झौताबारे प्रस्ताव संसदमा विचाराधीन छ, त्यसैले बजेटको त्यो व्यवस्था पनि त्यसअन्तर्गत नै हुने कुरा स्पष्ट पारियो । अर्थात् सम्मानीय प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुभए अनुसार नै एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको खण्डमा त्यसअनुसार हुने र यदि संसदले त्यसअनुसार अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे सोचेर अगाडि बढ्ने कुरा नै अर्थमन्त्रीले पनि स्पष्ट पार्नुभएको छ र संसदमा त्यसै अनुसार स्पष्टता पार्ने जानकारी गराइएको छ,’ बैठकका निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने ।
एमसीसी समग्र सम्झौताबारे पार्टीले गठन गरेको कार्यदलले यसअघि नै प्रतिवेदन बुझाइसकेकाले प्रतिवेदन अध्ययन गरे छिट्टै सचिवालयको बैठकमा गम्भीर छलफल गरी आवश्यक निष्कर्षमा पुगिने समझदारी बनेको समेत श्रेष्ठले बताए । ‘त्यस अनुसार अध्यक्ष कमरेडहरूले आपसमा छलफल गरेर सचिवालय बैठकको मिति तय गर्नुहुनेछ,’ उनले भने, ‘यस प्रकारको अनुमोदन नभइसकेको अवस्थामा एमसीए अन्तर्गतका कामहरू जति अनुमोदन भएपछि मात्रै गर्न सकिने काम छ, त्यस कामलाई अनुमोदन भएपछि गर्ने, त्यसबाहेकका अरु कामहरू अनुमोदन नहुँदासम्म नगर्नुपर्ने कामहरू छन् भने त्यसलाई रोक्ने समझदारी भएको छ । प्रधानमन्त्रीले बुझेर त्यसबारे आवश्यक निर्देशन दिनुहुनेछ ।’
बजेटमा समावेश भएका एमसीसीका योजनाहरू संसदले गर्नुपर्ने सम्झौता अनुमोदनसँग सम्बन्धित रहेकाले त्यसै अनुसार हुने प्रवक्ता श्रेष्ठले बताए । ‘एमसीसी जो बजेटमा उल्लेखित छ, एमसीसी सम्बन्धित सम्झौता संसदमा नै विचाराधीन भएकाले त्यसको अनुमोदन हुने वा नहुने संसदले जे फैसला गर्छ, त्यही अनुसार हुने,’ श्रेष्ठले भने ।
एमसीसीबारे छलफल गर्न आयोजित बैठकमा नेकपाको एमसीसी अध्ययन कार्यदलका सदस्यद्वय भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी समेत आमन्त्रित सदस्यको रुपमा थिए ।
शनिवार थप १८९ जनामा कोरोना पुष्टि,देशभर १ हजार ४०१ संक्रमित
कोरोना भाइरस संक्रमितको संख्या देशभर १ हजार ४०१ पुगेको छ ।
शनिवार नयाँ संक्रमित १८९ जना थपिएका छन्, जसमध्ये १८५ पुरुष, ४ महिला रहेका छन् ।
देशभरका कूल संक्रमितमध्ये १ हजार २८८ पुरुष र ११३ महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
कोरोना संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता डा. देवकोटाले संखुवासभा जिल्लामा संक्रमण देखिएपछि संक्रमण देखिएको जिल्लाको संख्या ५३ पुगेको बताए ।
शनिवार थपिएका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १२४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ८ जना, नारायणी अस्पताल वीरगञ्जमा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जना, कोशी अस्पताल विराटनगरमा २ जनामा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए ।
कोरोना संक्रमण निको भएर शनिवार थप १३ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर २१९ जनामा कोरोना निको भइसकेको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...