×

NMB BANK
NIC ASIA

स्थानीय तहका 'बेहाल क्वारेन्टाइन' – बस्ने र बसाउनेका दु:ख आ–आफ्नै !

जेठ १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड– १९ का संक्रमित तीब्र गतिमा बढिरहेका छन् । रोजागारीका लागि भारत गएका नेपाली नागरिक स्वदेश भित्रिने क्रम पनि बढ्दो छ ।

Muktinath Bank

पछिल्लोसमय बाहिरबाट आएका र संक्रमितको सम्पर्कमा रहेका नागरिकलाई राख्नका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले हरेक स्थानीय तहलाई क्वारेन्टाइन बनाएर विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका मानिसलाई राख्नका लागि जिम्मा दिएको छ । 


Advertisment
Nabil box
Kumari

त्यसैअनुरूप देशभरका स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेका छन्, तर स्थानीय तहले बनाएका कतिपय क्वारेन्टाइनको अवस्था निकै दयनीय छ ।

Vianet communication
Laxmi Bank

कतै पालमुनि, कतै जंगलको छेउमा, त कतै भुइँमा सुत्नुपर्ने अवस्था छ । क्वारेन्टाइनमा बसेकाहरूले पाएका दु:खका तस्वीरहरू पनि सार्वजनिक भइरहेका छन् ।

पछिल्लो समय क्वारेन्टाइनमा दिइएको खानामा किरा रहेको तथा क्वारेन्टाइनभित्र बेञ्चमाथि मानिसहरू सुतिरहेको तस्वीरले समाजिक सञ्जाल तताएको छ ।

उक्त तस्वीर डडेल्धुराको आलिताल गाउँपालिकाको दुर्गम गाउँ उणिकोटको एक विद्यालयमा बनाइएको क्वारेन्टाइनको भएको पुष्टि भएको छ । 

तस्वीरमा खानामा किरा देखिएको छ भने क्वारेन्टाइनभित्र विद्यालयको बेञ्चमा चाउचाउको बट्टा ओछ्याएर केही मानिस सुतिरहेको देख्न सकिन्छ ।

आलिताल गाउँपालिकाको अलिकति दुर्गम क्षेत्र उणिकोटमा रहेको क्वारेन्टाइनमा अस्ति (शुक्रवार) बेलुका क्वारेन्टाइनमा भएका सबै मानिसलाई खाना खुवाइसकेपछि बचेको तलतिरको डडेको खाना खाल्डोमा पुर्नका लागि राखेका बेला क्वारेन्टाइनमा रहेका एक जनाले फोटो खिचेर सामाजिक सञ्जालमा राखिदिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

‘खानाको वास्तविकता के हो भने शुक्रवार क्वारेन्टाइनमा रहेका सबैलाई खाना खुवाइसकेपछि खाना पकाउने भाँडोको पिँधमा रहेको भात खाल्डोमा पुर्नका लागि राखिएको थियो । त्यसैलाई क्वारेन्टाइनमा रहेका एक जनाले सामाजिक सञ्जाल फेसबूकमा राखिदिनुभएछ,’ अध्यक्ष गुरुङले लोकान्तरसँग भने ।

उक्त टोली शुक्रवार कैलालीको गौरीफन्टा नाका हुँदै राति ३ बजेको समयमा डडेल्धुरा आएको थियो ।

त्यस समयमा क्वारेन्टाइन व्यवस्थापन गर्ने मानिस कोही नभएकाले बेड व्यवस्थापन नभएको र ती मानिसहरू अर्को कोठमा रहेको बेञ्चमा बिहानसम्म सुतेको अध्यक्ष गुरुङले स्वीकारे ।

‘उहाँहरू राति ३ बजे आउनुभएको रहेछ, त्यो रातिको समयमा क्वारेन्टाइन व्यवस्थापन गर्ने कोही पनि हुनुहुन्थेन, रातिमा हुने कुरापनि भएन,’ अध्यक्ष गुरुङले भने, ‘उहाँहरू सोही क्वारेन्टाइनको खाली कोठामा गएर सुत्नुभएछ, त्यही फोटो समाजिक सञ्जालमा कसैले भाइरल बनाइदिनुभएछ ।’ 

उणिकोटमा अहिले ३० वटा बेडको क्वारेन्टाइनको व्यवस्थाप गरिएको उनले बताए । अहिले सबै बेड भरिभराउ भएकाले नयाँ मानिस आउँदा फेरि अर्को व्यवस्था गर्नुपर्ने भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

आलिताल गाउँपालिकामा शनिवारसम्म २ सय ८८ जना क्वारेन्टाइनमा बसेका छन् भने गाउँपालिकामा रहेका वडा र गाउँपालिकामा गरेर १५ ठाउँमा क्वारेन्टाइन छन् ।

मानिसहरू थपिइरहेकाले अन्य ठाउँमा पनि सामाजिक दूरी कायम गर्ने हिसाबले क्वारेन्टाइनको व्यवस्थापन गाउँपालिकाले गरिरहेको छ । यसभन्दा अगाडि १ सय ५० बेडको क्वारेन्टाइन थियो ।

अहिले मानिसहरू थपिएपछि अरू पनि बेड सरकारले तोकेको मापदण्डअनुरूप थप्न लागेको अध्यक्ष गुरुङले लोकान्तरलाई बताए ।

टेस्ट कसैको भएको छैन

कोरोना संक्रमण फैलिरहेको समयमा आलिताल गाउँपालिकामा कसैको पनि कोरोनाको परीक्षण नभएको अध्यक्ष गुरुङले बताए ।

क्वारेन्टाइनमा भएका मानिसहरूको अहिलेसम्म पनि कसैको स्वाब लिइएको छैन । जिल्लामा कुराकानी गर्दा किटको अभाव भएकाले स्वाब लिन नपाएको जवाफ आउने गरेको अध्यक्ष गुरुङको भनाइ छ ।

‘मैले सीडीयोसाप लगायत जिल्लाका नेता, प्रदेशका नेता सबैलाई घच्घच्याएको छु, तर कसैले वास्ता गर्नुभएको छैन, सबैले किट नै आएको छैन भन्नुहुन्छ,’ गुरुङले गुनासो पोखे ।

क्वारेन्टाइनमा रहेका मानिसहरूको कोरोना परीक्षण नगरिकन नै घर पठाउने अवस्था आएको अध्यक्ष गुरुङको भनाइ छ ।

जिल्लाले कुनै पनि खालको सहयोग नगरेकाले आफूहरू दुःखी भएको उनले बताए ।

यदि किट किन्न पाइने अवस्था भए गाउँपालिकाले किट नै किनेर परीक्षण गर्ने उनी बताउँछन् ।

‘सबैतिर धाउँदा पनि कसैले सामान्य पनि सहयोग नगर्ने यदि किट किन्न पाइने भए हामीले आफैं किनेर स्वाब परीक्षण गर्ने थियौं,’ अध्यक्ष गुरुङले भने ।

‘यदि सरकारले हामीलाई किट दिएन भने क्वारेन्टाइनमा रहेका मानिसहरूलाई घर फर्काउनुपर्ने हुन्छ, यसको जिम्मा कसले लिने ?’ उनले प्रश्न गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x