माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
नेपाली कांग्रेसका सांसद एवं नेपालका प्रतिष्ठित उद्यमी विनोद चौधरीले कोरोना संकटका कारण उत्पन्न समस्याबाट उत्पन्न तत्कालका समस्या सम्बोधनका लागि बजेटले संशोधन खोजेको बताएका छन् ।
उनले बजारमा उत्पादन र सप्लाइको चेनलाई निरन्तता दिन नसके सामाजिक द्वन्द र लूटपाटको स्थिती आउने खतरा औंल्याए ।
प्रतिनिधि सभामा बोल्दै चौधरीले भने - ‘बजेटको मुख्य आधार नै हाइट आफ अप्टिमिजम हो भन्छु, अप्टिमिजम कुन अर्थमा भने चालू आर्थिक वर्षमा लगभग ८ खर्ब राजश्व उठाउन गइरहेका छौं । जबकी १० महिनासम्म बजार अर्थतन्त्र चलायमान थियो ।’
आर्थिक वर्ष २०७७/०७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै सांसद चौधरीले भने, ‘अब आउने वर्ष त्यो भन्दा बढी १० खर्बको राजश्वको प्रक्षेपण गर्दैछौं, यो बजेटको माध्यमबाट । साउन १ गतेदेखि स्थिती काभिड अगाडिको अवस्थामा गयो भने यति पैसा उठ्न नसक्ने निश्चित छ ।’
नेपालमा कोरोनको संक्रमण बढ्दै गइरहेकोप्रति गम्भीर बन्दै उनले धरातल नबिर्सन आग्रह गरे । ‘आशावादी हुनुपर्छ, स्वप्नदर्शी हुनुपर्छ, त्यसको धरातललाई बिर्सनुहुँदैन । अहिले दूर्भाग्यवश संक्रमण बढ्दो छ, बोर्डरबाट आइरहेका छन् र एयरपोर्टबाट पनि आउनेछन्,’ उनले भने, ‘संक्रमणको आकार बढ्नेवाला छ । बजार अहिलेसम्म चल्न सकेको छैन अहिलेको आवश्यकता भनेको सर्भाइभ गर्नु हो ।
उनले रेमिटे्न्स सुक्दै जानाले बजारमा तरलता अभाव हुने बताए । ‘एकप्रकारको अर्थतन्त्रको साइकल त्यसले क्रिएट गरेका डिमान्ड र त्यसका लागि भएको आयात त्यसबाट जन्मिएको राजश्वले मुलुकको खर्च धानिरहेको स्थिती थियो,’ उनले भने, ‘आउने दिन अत्यन्त कठीन हुनेवाला छ । आगामी दिनमा आधाभन्दा बढी रेमिट्यान्स सुक्नेवाला छ । रेमिट्यान्स घटदा, त्यसको पहिलो प्रभाव उनीहरुको खल्ती र प्रभाव बजारमा पर्नेवाला छ ।’
चौधरीले अगाडि भने, ‘बेरोजगार, सानातिना काम गर्ने, बिहान बेलुका मेहनत गरेर काम गरेर हातमुख जोर्ने, तीनको खल्ती सुकिसक्यो । उद्योग बन्द छन, ठूलो ऋण लिएर बन्दै गरेका हाइडो र सिमेन्ट उद्योगका प्रोजेक्ट साइड बन्द छन । होटल, स्कुल, मल, रियलस्टेट सबै बन्द छन् । चालू छ भने केवल व्याज र बत्तीको मिटर र बन्दको अवस्थामा पनि तिर्नुपर्ने वेज(ज्याला)को मिटर ।’
चौधरीले आफूहरुले २ सय ५० अर्बको राहात प्याकेज ल्याउन कांग्रेसको तर्फबाट संस्थागत सुझाव दिएपनि १ सय अर्बको रि-फाइनान्सिङको कुरा बजेटमा आएको र त्यसले सबै सम्बोधन गर्न नसक्ने बताए ।
‘हामी जिम्मेवार पृष्ठभूमिबाट कुरा राख्ने गरेका छौ, हामीले जहिले पनि यो कुरा राख्दा रचनात्मक इनपुट दिने काम हो, हाम्रो काम हो । हुनसक्छ हामी विरोधी हौला शत्रु होइनौ । अहिलेको तत्कालको आवश्यकता भनेको २ सय ५० अर्बको राहत घोषणा होस् भनेका थियौं,’ चौधरीले भने, ‘सय अर्बको रिफाइनिन्सङ प्याकेजले साना र घरेलु तथा पर्यटान क्षेत्रलाई राहत दिने भनिएको छ । यातायात, शिक्षा समावेश छैनन, ठूला प्रोजेक्ट छैनन् । यी समावेश नभएका सेक्टरहरु यदि धरासायी बने भने त्यसको प्रभाव बैंकिङ क्षेत्रमा पर्ने कुरा निश्चित छ ।’
व्यापारको चक्रलाई निरन्तर कायम राख्न नसकेमा भोलिको दिनमा सामाजिक द्वन्द् निम्तिन सक्नेतर्फ उनले सचेत गराए ।
‘रोजगारीको क्षेत्रमा कुरा गर्दा परम्परागत रुपमा चलिआएका बजार बन्द छन्, अझै यातायात सुचारु रुपले चलाउन सकेका छैनौं । उत्पादन भपनि बजारमा पुर्याउन नसक्दा कृषि उत्पादन कुहिएर बसेको छ । यदि हामीले यो सप्लाइ चेनलाई निरन्तर बजार र उत्पादन आयातित वस्तु नै किन नहोस् व्यापार र सप्लाइलाई निरन्तर राख्न सकेनौं भने भोलिको दिनमा सामाजिक द्वन्द लूटपाटको स्थिती आयो भनेपनि आश्यर्च मान्नु पर्ने छैन,’ उनले भने ।
चौधरीले बेरोजगारी समाधान गर्न कृषिलाई आधार बनाउनु सकारात्मक रहेको भन्दै बेरोजगारलाई तालिम र तालिमलाई पूजीसँग जोड्ने काम गर्न सरकारलाई सुझाव दिए ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...