×

NMB BANK
NIC ASIA

क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्ने चिन्ता

जेठ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ ।  भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ । 

Muktinath Bank

आइतबार बिहानसम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । एक जनाको क्वारेनटाइनमै मृत्यु भइसकेको छ ।  चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखका अधिकांश विद्यालय अहिले भरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतबाट जिल्ला भित्रनेको संख्या सात हजार बढी पुगेपछि निर्माण गरिएका क्वारेनटाइन मापदण्डानुसारका नभएका र कोहलपुरबाट दैलेखसम्म आउने क्रममा अव्यवस्थित रूपमा यात्रा गरेका कारण एकले अर्कोमा सजिलै कोरोना संक्रमण फैलिएको अनुमान गर्दै उच्च सुरक्षा अपनाउन थालिएको छ ।


Advertisment
Nabil box
Kumari

अहिलेसम्म संक्रमित  ४७ जना सबै व्यक्ति भारतबाटै आएको र जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा बसेका मात्र रहेकाले संक्रमण क्वारेन्टिनभित्रै फैलिन सक्ने भन्दै व्यवस्थित बनाउन बारम्बार सबैलाई आग्रह गरिएको नेपाल मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले बताए ।  

Vianet communication
Laxmi Bank

कोहलपुरदेखि अनियन्त्रित रूपमा मानिस कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेन्टिनभित्र बस्नेमा आचरण नहुनु, हुल बाँधेर बस्नु सङ्क्रमण फैलनुको   कारण बताइएको छ ।  त्यस्तै प्रदेश सरकारले सुर्खेततिरै जाँच गरेर पठाउन नसक्नु, जिल्ला आएपछि पनि स्थानीय सरकारले आफ्ना नागरिक कति जना विदेश गएका छन् भन्ने तथ्याङ्क राख्न नसक्नु र सोहीअनुसार व्यवस्थापन नगर्नुले अहिले क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्न सक्ने सम्भावना बढेको अधिकारीले गुनासो गरे ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले  प्रदेश सरकारले धमाधम मानिस गाउँमा पठाउने काम गर्नुभन्दा व्यवस्थित गर्नुपर्नेमा त्यसो नगरी गल्ती गरेका कारण कोरोना गाउँगाउँमा पुगेको र अहिले समस्या उत्पन्न भएको बताए । तत्कालै क्वारेन्टिनमा बसेकाहरुलाई आरडिटी र स्वाब संकलनको रिपोर्टका आधारमा सुरक्षित रूपमा होम क्वारेन्टिनमा पठाउनुपर्ने र घरमै सुरक्षित वातावरण तयार गर्नुपर्ने जिल्लावासीको सुझाव छ ।

उपचारमा  चुनौती 

कोरोना संक्रमितको उपचारका लागि सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेशन अस्पताल भरिसकेको छ । तीस श्ययामा बिरामीको उपचार भइरहेको छ ।  चालीस शय्याको तयारी भइसकेको र अन्य तयारी थाल्दै उपचारको पहल शुरु भएको छ । एक सय जनासम्मको उपचार गराउन मिल्ने गरी तर्ताङमै व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माले जानकारी दिनुभयो । तर्ताङको वृद्धाश्रम र नारायण क्याम्पसलाई वैकल्पिक आइसोलेशन अस्पतालको लागि तयारी थालिएको शर्माको भनाइ छ । 

भारतबाट आएका अधिकांश व्यक्तिलाई  नारायण क्याम्पसमा जम्मा गरेर राखिएकाले नारायण नगरपालिकामा पनि जोखिम बढ्दै गएको छ । पछिल्ला ४८ संक्रमितमध्ये  नगरपालिकाका विभिन्न वडाका मात्रै ३५ भन्दा बढी संक्रमित देखिएका छन् ।  

खुला चौरमा क्वारेन्टाइन बनाउँदै महाबु 
  महाबु गाउँपालिकामा क्वारेन्टिन बनाउने भवनको अभाव भएको छ । पालिकाका सबै विद्यालयलाई क्वारेन्टिन निर्माण गरी राख्दा पनि भारतबाट आएका नागरिक अटाउन नसकेपछि खुला चौरमा प्लाष्टिकको पाल टाँगेर  निर्माण गर्न बाध्य भएको महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखमा काम गरेर घर फर्कनेको सङ्ख्या बढ्दै गए पनि सबैभन्दा धेरै एक हजार नौ सय  महाबुमा आएको  अध्यक्ष  शाहीले बताए । 

शुरुआतमा १५०  क्वारेन्टाइन मापदण्डानुसार निर्माण गरिए पनि  एक सातादेखि दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा मानिस महाबु आएका छन् । गाउँपालिकामा रहेका सबै विद्यालयमा क्वारेन्टिन निर्माण गरिसकिएको छ ।   त्यहाँ खाना, खाजा, पानी र रेखदेखका लागि एउटामा सात जनाको टोली खटाइएको छ । राजनीतिक दल र जनप्रतिनिधि व्यवस्थापनमा खटिएका छन् । विद्यालयमा मानिस भरिएपछि अब खुला चौरमा क्वारेन्टाइन बनाउनुपर्ने आवश्यकता भएको अध्यक्ष शाहीले बताए । 

प्रदेश सरकारले गाउँपालिकालार्य रु १५ लाख पठाएको छ । गाउँपालिकाको रु ५० लाख विपत् कोषको रकमसमेत सकिएको छ । दैनिक खाना, स्वयंसेवक खर्च, उद्धारका लागि गाडी भाडा, भाडा तिर्न नसकेकालाई भुक्तानी, औषधि खरीद, दैनिक खाना खुवाउँदा लाखौँ खर्च भइसकेको र धेरै स्थानमा उधारो राखेर  काम गर्नुपरेको शाहीले बताए ।  

रातदिन नभनेर ६०  स्वास्थ्यकर्मी, प्रहरी, गाउँपालिकाका  कर्मचारी खटिनुभएको छ ।  प्रहरी कम भएका ठाउँमा सम्भावित जोखिम हेरेर कतिपय स्थानमा सेनाले सुरक्षा दिएको छ । भारतबाट भित्रिएका नागरिकलाई  छिटो आरडिटी र पिसिआर परीक्षण दायरालाई नबढाए महाबु गाउँपालिका ठूलो जोखिममा पर्न सक्ने बताउँदै गाउँपालिका अध्यक्ष शाहीले प्रदेश सरकारले नाकामा जाँच नगरेरै भित्र्याएको आरोप लगाए ।  

पालिकाका बासिन्दालाई विभिन्न नाकाबाट ल्याउनका लागि दश  जीप प्रयोग गरिएको छ ।  मानिसहरु जीपको अगाडि पछाडि कोचाकोच गरेर आएका छन् । यसले पनि संक्रमणको जोखिम बढेको छ ।  जाँच गर्ने स्रोत र साधन अभाव भएको र  प मानिस विनाजाँच पालिकामा भित्रिएकाले  जोखिम बढ्नाका साथै  व्यवस्थापनमा  चुनौती थपिएको उपाध्यक्ष प्रेमकुमारी बुढाले बताए । 

पालिकाकामा ५९२ शङ्कास्पदको स्वाब सङ्कलन गरेर प्रदेश अस्पतालमा पठाइएको र सबैको रिपोर्ट आउन बाँकी रहेको महाबु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेश दसौंदीले जानकारी दिए ।

 ३० प्रतिशतलाई  मात्र   खाद्यान्न
गाउँपालिकाको कुल जनसङ्ख्यामध्ये ३० प्रतिशतलाई मात्र उत्पादन गरेको खाद्यान्नले वर्षभरि खान पुग्ने र बाँकी ७० प्रतिशत जनसङ्ख्या बाहै्र महिना खान नपुग्ने भएपछि कामको खोजीमा भारत जानुपर्ने अनिवार्यता छ ।
  अहिले विपत्मा सबै जना घर फर्कन थालेपछि पालिकामा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिए । नवीन रिजाल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x