किन बंकरमा लुक्न गए ट्रम्प ?

काला जातिका पुरुष जर्ज फ्लोयडलाई सडकमा प्रहरीले नियन्त्रणमा लिएपछि घुँडाले घाँटी थिचेर मारेको भिडियो सार्वजनिक भएपछि अमेरिकामा भड्किएको विरोध प्रदर्शन उग्र बन्दै गएको छ । 

अनेकौं शहरमा अनियन्त्रित भीडले भवन तथा कारमा अगाजनी गर्ने, पसलहरूमा लुटपाट गर्ने अनि भित्तोहरूमा स्प्रे गर्ने काम गरेका छन् । प्रहरीले प्रदर्शनकारीहरूमागि रबरको गोली र आँसुग्यास प्रहार गरेको छ । 


Advertisement

वाशिङटन डीसीमा रहेको ह्वाइट हाउस बाहिर पनि लगातार प्रदर्शनहरू भइरहेका छन् । 

ह्वाइट हाउसमा भएको प्रदर्शनको क्रममा भीडले फोहर फ्याँक्ने भाँडोमा आगो लगायो र प्रहरीसँग धकेलाधकेल गर्‍यो । कुरो बिग्रँदै गएपछि सुरक्षामा खटिएको सिक्रेट सर्भिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउसकै सुरक्षा बंकरमा लग्यो । अनि वाशिङटन प्रहरीले ह्वाइट हाउस वरिपरिबाट प्रदर्शनकारीहरूलाई लखेट्यो । 


Advertisement

सिक्रेट सर्भिसका एजेन्टहरूले दंगानिरोधी पोशाक लगाएका थिए । 

दंगा अझै थामिएको छैन ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्