कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टाइनमा रहेका व्यक्तिले खाना बहिष्कार गरेर भोक हड्ताल शुरू गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसिरहेका व्यक्तिले सोमवार बिहानको चिया बहिष्कार गरेका छन् ।
क्वारेन्टाइनमा बस्दै आएका जनकपुरधाम उपमहानगर–४ का स्थानीय इन्द्रेश्वर झाका अनुसार क्वारेन्टाइनमा १० जना कोरोना संक्रमित पाइएको २ दिन बित्दा पनि क्वारेन्टाइनलाई स्यानिटाइज नगरेको र थप व्यक्तिमा संक्रमणको जोखिम बढेको भन्दै चिया बहिष्कार गरिएको छ । ‘बिहान ८ बजे आएको चिया हामी सबैले बहिष्कार गरेका छौं, चिया जस्ताको त्यस्तै राखिएको छ, कसैले पनि खाएका छैनौं,’ झाले लोकान्तरसँग भने, ‘हाम्रो मागको सुनुवाइ नभए हामी दिन र रातिमा दिने खाना समेत बहिष्कार गर्नेछौं ।’
क्वारेन्टाइनमा करीब ७५ जना छन् । क्वारेन्टाइनमा बसिरहेका व्यक्तिमध्ये शनिवार बिहान २ जनामा कोरोना पोजेटिभको रिपोर्ट आएको थियो । ‘संक्रमितलाई १ दिनपछि आइतवार राति मात्रै आइसोलेसनमा पठाइएको थियो,’ उनले थपे, ‘फेरि आइतवार ८ जनामा कोरोना पोजेटिभ आयो र आइतवार साँझ ६ बजेतिर १० जनालाई आइसोलेसनमा लगिएको छ ।’
क्वारेन्टाइनमा रहेका १० जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि पूरै क्वारेन्टाइनलाई तत्काल नै स्यानिटाइज गर्नुपर्ने भएपनि हालसम्म गरिएको छैन । ‘संक्रमित भएका १० जना र क्वारेन्टाइनमा बसेका व्यक्तिले समेत त्यहीँ शौचालय, बरण्डा लगायतका सामान प्रयोग गर्ने गरेका थियौं,’ उनले भने, ‘त्यसैले क्वारेन्टाइनलाई सील गरेर स्यानिटाइज गर्नुपर्नेमा हालसम्म नगरिएकाले बाँकी व्यक्तिमा समेत जोखिम बढेको छ ।’
क्वारेन्टाइनमा ८ दिनअघि सबैको स्वाब संकलन गरिएको थियो । जसमध्ये १० जनाको कोरोना पोजेटिभ आएको थियो । बाँकी व्यक्तिको नेगेटिभ आएपनि रिपोर्ट नदिइएको उनले बताए । १४ दिनभन्दा बढी भइसकेका र कोरोनाको परीक्षणमा नेगेटिभ आएका व्यक्तिलाई क्वारेन्टाइनबाट घर पठाउनुपर्ने प्रमुख माग रहेको उनले बताए ।
‘रिपोर्ट नेगेटिभ आइसकेका हामी आफैं आफ्नो घरमा होम क्वारेन्टाइनमा बस्दा थप सुरक्षित हुन सक्छौं, नत्र यहाँ क्वारेन्टाइनमा हामी झन् बढी असुरक्षित भइरहेका छौं ।’
क्वारेन्टाइन सञ्चालन भएको २ दिनसम्म उपमहानगरका प्रमुख लालकिशोर साह आफैं बिहान पुगेर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको हौसला बढाउने काम गरेका थिए । २ दिनसम्म बिहानै योग समेत सिकाउने गरिएको थियो । ‘तर २ दिनपछि न त योग सिकाउने योगगुरु नै आउनुभयो, न त मेयर सा’प वा अन्य कुनै स्वास्थ्यकर्मी नै आउनुभएन,’ झाले भने ।
क्वारेन्टाइन सञ्चालन भएको १ दिन बिहान दूधको चिया दिइएको थियो, पछि रातो चिया दिन थालिएको उनले बताए । ‘शुरूमा २ दिन चियासँगै बिस्कुट पनि दिइएको थियो तर त्यसपछि बिस्कुट पनि बन्द भएको छ,’ उनले भने, ‘२ टाइम खाना दिने गरिएको छ । दाल, भात, भुजिया र एउटा तरकारीसहित खुर्सानी र प्याज खानामा शुरू–शुरुमा दिने गरिएको थियो । पछि खानामा भुजिया दिन छाडिएको छ ।’
साँझको खाजामा कुनै दिन हलुवा, कुनै दिन सेवई र कुनै दिन च्युरा घूघनी दिने गरिएको उनले बताए । च्युरा घूघनी दिँदा च्युरा बढी तथा घूघनी एकदमै कम दिने गरिएको हुनाले खाजा खान समेत समस्या हुने गरेको उनले बताए ।
‘फोहोरमैला सफा गर्नका लागि भित्र सफाइकर्मी कर्मचारी मात्र आउने गर्छन्,’ झाले भने, ‘त्यसपछि त्यही सफाइकर्मीले नै खाना र नास्ता ल्याउने गर्छन् र टेबुलमा एकै ठाउँमा राखेर जाने गर्छन् ।’ क्वारेन्टाइनमा रहेका केही व्यक्तिलाई भित्र बस्ने कोठा उपलब्ध नभएपछि ८ जनाजति बरण्डामा नै बस्ने गरेको उनले बताए ।
समस्याबारे जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उपप्रमुख रीतादेवी मिश्रसँग सम्पर्क भएपनि आफूलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिइन् ।
‘शुक्रवारदेखि नै मसँग अफिसको साँचो छैन, अफिस पनि गएको छैन, त्यसैले केही पनि थाहा छैन,’ उपप्रमुख झाले बताइन् ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...