×

NMB BANK
NIC ASIA

बाँके दुर्घटनाका घाइतेको दाबी : चालकले रक्सी पिएर गाडी ‘फुल स्पीड’ चलाए

जेठ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आइतवार राति बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित ठुरिया जंगलमा दुर्घटना भएको गाडीका चालकले मदिरा (रक्सी) सेवन गरेको खुलेको छ ।
 
रुपैडिया नाकाबाट गाडीमा आएका घाइते रोल्पाका वीरेन्द्र परियारले चालकले आइतवार साँझ ८ बजे गाडी चलाउनुअघि मादक पदार्थ सेवन गरेको बताए ।

Muktinath Bank

‘गाडीका ३ जना स्टाफ थिए । २ जना त फुल टिल्ल थिए, १ जनाले खाएका थिएनन् । नखाएकाले पैसा उठाइरहेका थिए,’ घाइते परियारले लोकान्तरसँगको कुराकानीमा भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घाइतेको भनाइ जस्ताको त्यस्तै :


Advertisment
Nabil box
Kumari

रुपैडिया नाकाबाट बेलुका ८–९ बजेतिर गाडी चढेका थियौं । गाडीका सिट लगभग सकिन लागेकाले पछाडिको ३ वटा सिट पायौं । म (वीरेन्द्र परियार) र मेरा गाउँका २ जना साथी थियौं । हामी दाङसम्म आउने भएकाले ७/७ सय रुपैयाँ भाडा तिर्‍यौं र सँगै पछाडिको सिटमा अन्य ३ जना हुनुहुन्थ्यो । उहाँहरूले सल्यानसम्मको १५ सय भाडा तिर्नुभएको थियो ।

Vianet communication
Laxmi Bank

म त सुतेको थिएँ गाडी दुर्घटना हुँदा तर पहिलादेखि नै गाडी फुल स्पीडमा चलाइराखेको थियो ड्राइभरले । हामीले अलि स्लो चलाउन पनि भनेका थियौं तर मानेन कि सुनेन । एक ठाउँको ओरालोमा त झण्डै दुर्घटना भएन तर पनि गाडीको रफ्तार उस्तै थियो ।

म झपक्क निदाए छु, दुर्घटना भएर उठ्दा त गाडी ट्रकको पछाडि ठोक्किएको थियो । मानिसहरू रक्ताम्मे थिए । कोही चिच्चाइरहेका थिए । मैले घर फोन गरें । एम्बुलेन्स पठाउन भने तर त्यसपछि त म पनि बेहोस भएछु । म पछाडि बसेको भएर भाग्यले बाँचे । मेरो छातीमा चोट लागेको छ । मेरा साथीहरूको खुट्टा भाँचिएको छ र अर्का साथीको ढाड नै भाँचिएको छ । चण्डीगढबाट बस चढेर २४ घण्टा लगाएर नाकामा आएका थियौं ।

नेपाल भित्रिएका यात्रुको स्थानीय तहसँग थिएन समन्वय

दुर्घटना भएको गाडीमा रहेका भारतबाट आएका कुनै पनि यात्रुको स्थानीय तहसँग समन्वय नरहेको समेत खुलेको छ । स्थानीय तहको समन्वय विना सीमानामा प्रवेश गर्न नदिने भनिएपनि गाडीमा रहेका यात्रु समन्वय विना नै गन्तव्यमा भइरहेका थिए । 

सल्यानको सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले गाउँपालिकासँग कुनै पनि संमन्वय नभएको बताए । दुर्घटना भइसकेपछि मात्र गाडी आफ्नो गाउँपालिकातर्फ आइरहेको थाहा भएको अध्यक्ष चलाउनेले बताए ।

दाङको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले पनि आफूहरूलाई कुनै पनि सम्पर्क नगरी यात्रुहरू आएको बताए । ‘बिहान उहाँहरूका घरपरिवारले एम्बुलेन्स चाहियो भने पछि मात्रै मैले थाहा पाएको हुँ । उहाँका आफन्तहरू एम्बुलेन्स लिएर घटनास्थल जानुभएको थियो,’ उनले भने ।

रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले ती यात्रुलाई भीडभाडमा नआउन र छुट्टै गाडी व्यवस्था गरेर आउनु भनेको बताए । उनले लोकान्तरसँग भने, ‘उहाँहरूले हामीलाई सम्पर्क गर्नुभएको थियो तर हामीले दाङसम्म आउनु त्यहाँबाट यता गाउँपालिकाले गाडी व्यवस्था गर्छ भनेका थियौं तर त्यसरी आउन भने हामीले भनेका होइनौं ।’

दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते छन् । घाइते हुनेमा दाङको धर्नाका ४५ वर्षीय मेघराज केसी, तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी, राजपुरका २१ वर्षीय जीवन घर्ती, राजपुर गाउँपालिकाका २० वर्षीय दिपेश चौधरी, तुलसीपुर उपमहानगरपालिकाका २३ वर्षीय रुपलाल केसी र २० वर्षीय भरत थापा छन् । 

रोल्पाको त्रिवेणी गाउँपालिकाका १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, कुरैती गाउँपालिकाका ५२ वर्षीय नरबहादुर विक, टुटुका ४० वर्षीय दिलबहादुर विक, सल्यानको कुपिण्डेदह गाउँपालिकाका २० वर्षीय मिनराज विक, सिद्धकुमाख गाउँपालिकाका तेजबहादुर बुढाथोकी, २८ वर्षीय लोकेश घर्ती, १८ वर्षीय धनबहादुर बोहरा, ५२ वर्षीय दीपबहादुर बुढा, शारदा गाउँपालिकाका टीका चलाउने र शिव भण्डारी, सिद्धकुमाख गाउँपालिकाका २६ वर्षीय निमबहादुर वादी, १८ वर्षीय देवेन्द्र बुढाथोकी र १७ वर्षीय ज्ञानबहादुर बोहरा समेत घाइते छन् ।

घाइते सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । ना५ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x