सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा पर्‍यो लिम्पियाधुराबासीको जीवन उकास्ने प्रतिबद्धता [पूर्णपाठ]

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेश सभाको छैठौं अधिवेसनको सातौं बैठकमा प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पन्तले कोभिड १९ को महामारीपछि जारी लकडाउनले सुदूरपश्चिमको अर्थतन्त्रमा पारेको प्रभाव र भविष्यमा पर्न सक्ने असरको क्षति न्यूनीकरण तथा अर्थतन्त्र पुनउत्थानमा सहयोग पुग्ने कार्यक्रम गरिने बताइन् ।


Advertisement

त्यसैलाई मध्यनजर गरी आउँदो अर्थिक वर्ष २०७७/२०७८ को बजेट तथा कार्यक्रम ल्याइने उल्लेख गरिन् । कोरोना प्रभावितलाई कृषिमा प्रथामिकता र कृषि ऋण उपलब्ध गराइने बताउँदै स्वादेश तथा विदेशमा रोजगारी गुमाएका व्यक्तिको रोजगारी अभिबृद्धि गरिने जनाइन् ।

त्यस्तै स्वास्थ्य सेवा, खाद्य सुरक्षा र आपूर्तिको प्रभावकारी व्यवस्था गरी जनतालाई रोगबाट बचाऔ, भोकबाट जोगाऔं अभियान सञ्चालन गरिने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।


Advertisement

त्यस्तै, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र रहेको व्यास गाउँपालिकाको विकासलाई ध्यानमा राखी त्यस क्षेत्रका जनताको जीवन स्तर उकास्न विशेष कार्यक्रम ल्याइने बताइएको छ ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बासोबास गर्ने जनसमुदायका लागि सामाजिक सुरक्षा र विकास कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ-

 

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्