×

NMB BANK
NIC ASIA

प्रजिअसहित ४४ कर्मचारीको सरुवा

जेठ १९, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीको सरुवा गरेको छ। गृह मन्त्रालयको यही जेठ १८ गतेको निर्णयअनुसार सहसचिव, उपसचिव, प्रजिअ र सहायक प्रजिअ गरी ४४ कर्मचारीको सरुवा, काज र पदस्थापन गरिएको हो।  

Muktinath Bank


मन्त्रालयले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार सुर्खेतका प्रजिअ रमेश न्यौपानेलाई पाल्पाको प्रजिअमा सरुवा गरिएको छ। पाल्पाका प्रजिअ यादव सुवेदीलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ। गृहका हिरालाल रेग्मीलाई भने सुर्खेतको प्रजिअमा सरुवा गरिएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै महोत्तरीका प्रजिअ सूर्यबहादुर खत्रीलाई इलाका प्रशासन कार्यालय चन्दौटा, काठमाडौँका सहायक प्रजिअ कृष्णबहादुर कटुवाललाई महोत्तरीको प्रजिअ, इलाका प्रशासन कार्यालय फर्पिङका चन्द्रप्रसाद गैरेलाई कालीकोटको प्रजिअ बनाएर सरुवा गरिएको छ। कालिकोटका प्रजिअ कृष्णचन्द्र पौडेललाई भने इलाका प्रशासन कार्यालय लेखनाथ कास्की पठाइएको छ।


Advertisment
Nabil box
Kumari

डोटीका प्रजिअ टेकनारायण पौडेललाई अध्यागमन विभाग, उदयपुरका सहायक प्रजिअ भीमप्रसाद भट्टराईलाई डोटीको प्रजिअमा पठाइएको छ। बर्दियाका प्रजिअ प्रेम लामिछानेलाई गृह मन्त्रालय ल्याइएको छ। दार्चुलाका प्रजिअ यदुनाथ पौडेललाई धुनुषाको सहायक प्रजिअ, धनुषाका सहायक प्रजिअ शरदकुमार पोखरेललाई दार्चुलाको प्रजिअमा पठाइएको छ। ओखलढुङ्गाका प्रजिअ गणेश आचार्यलाई डिल्लीबजार कारागार कार्यालय र गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेललाई ओखलढुङ्गाको प्रजिअ बनाएर पठाइएको छ। 

Vianet communication
Laxmi Bank

सङ्खुवासभाका प्रजिअ जीवन दुलाललाई काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। काठमाडौँका सहायक प्रजिअ जीवन आचार्यलाई भने सङ्खुवासभाको प्रजिअमा पठाइएको छ। गृहका नरेन्द्रकुमार रानालाई रोल्पाको प्रजिअ, सुनसरीका सहायक प्रजिअ चिरञ्जीवी गिरीलाई हुम्लाको प्रजिअ र हुम्लाको प्रजिअ विनिता भट्टराईलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पठाइएको छ।

बझाङका प्रजिअ उमेश पाण्डेलाई झापाको सहायक प्रजिअ, इलाका प्रशासन कार्यालय लहानका कमलराज भण्डारीलाई बझाङको प्रजिअ, झापाका सहायक प्रजिअ जयकुमार घिमिरेलाई सप्तरीको प्रजिअ, सुनसरीका सहायक प्रजिअ डा कृष्णबहादुर घिमिरेलाई इलाका प्रशासन कार्यालय लहान, चन्दौटाका शङ्करबहादुर विष्टलाई इलाका प्रशासन कार्यालय टिकापुर पठाइएको छ। टीकापुरका हिरालाल चौधरीलाई कैलालीको सहायक प्रजिअमा र बैैतडीका प्रजिअ आनन्द पौडेललाई इलाका प्रशासन कार्यालय तुलसीपुरमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x