जयबागेश्वरीमा झन्डै ६५ लाखमा आकाशेपुले बन्दै, गरियो शिल्यानाश

काठमाडौंको जयबागेश्वरीमा आकाशेपुल निर्माण हुने भएको छ। 

पुलको सोमबार कांग्रेस नेता एवं सांसद गगन थापा, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष दिनेश डंगोल र वडा सदस्यहरुले संयुक्त रुपमा  शिल्यानाश गरे।


Advertisement

भ्याटबाहेक ६४ लाख ९९ हजार ७५ रुपैयाँ ४५ पैसा लागतमा निर्माण हुने आकाशेपुल स्टिल ट्रसबाट निर्माण हुने जनाइएको छ  वडाध्यक्ष डंगोलले भने, बागेश्वरी क्षेत्रमा सवारीसाधनले ठक्कर दिएर धेरै पैदल यात्रुको ज्यान गएको छ । दुर्घटनाको यो जोखिम घटाउन र वडालाई पूर्वाधारले सम्पन्न बनाउन सार्न मिल्ने आकाशे पुल निर्माण गर्न लागिएको हो ।’

आउँदो ४ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्