माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या साेमवार अन्य दिनभन्दा घटेको छ ।
कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा हुँदै कैलालीको त्रिनगर नाकाबाट सोमवार चारहजार ७०९ जना नेपाली भित्रिएका छन् । सोही नाकाबाट सात सय भन्दा बढी भारतीय नागरिक बाहिरिएका छन् ।
भारतका विभिन्न शहरबाट आएका सुदूरपश्चिमका नौ जिल्लालगायत पूर्वी नेपालका विभिन्न जिल्लाका उनीहरू कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल भित्रिएका हुन् ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रवीन्द्रनाथ पौडेलले एक हजार ३५२ जना गड्डाचौकी नाका भएर सोमवार नेपाल भित्रिएको बताए । साथै उनले भने २२० जना भारतीय नागरिक बाहिरिएको समेत जानकारी दिए । आइतबारको तुलनामा आधा कम मानिस भित्रिएका छन् ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब निरीक्षक दक्ष बस्नेतले गौरीफन्टा नाकाबाट तीन हजार ३५७ जना नेपाली नेपाल भित्रिनुका साथै ५४० भारतीय नागरिक बाहिरिएको बताए ।
योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ६८ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या करिब नौ हजार पुगेको छ । लकडाउन लागू भएसँगै भारतमा अलपत्र परेका नेपाली तथा भारतीय नागरिक आफ्नो देश आउन र जान थालेपछि बन्द भएका सीमा नाका खोलिएको थियो ।
जेठ २ गतेबाट खुला गरिएको नाकामा दैनिक नेपाली भित्रिने क्रममा सोमबार भने केही सङ्ख्या घटेको छ । सीमा प्रवेशसँगै उनीहरूलाई विभिन्न जिल्लाका विभिन्न स्थानीय तहले गाडी पठाई उद्धार गरी क्वारेन्टाइनमा राखिएका छन् ।
रोजगारका लागि भारत गएका नेपाली लामो लकडाउनले खाना र बस्नका लागि समस्या आउन थालेपछि कोरोनाभन्दा पनि भोकले मरिन्छ कि भन्ने पीरले जोखिम मोलेर विभिन्न कष्ट झेल्दै नेपाल आउनुपरेको बाध्यता उनीहरू सुनाउन्छन् । गोरखापत्र दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...