×

NMB BANK
NIC ASIA

कोरोनाको डर थियो, दुर्घटनाले ज्यान लियो...

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोनाको संक्रमणबाट जोगिन भारतबाट स्वदेश फिरेका युवा अनेक हन्डर खाँदै घर पुग्ने बेला दुर्घटनामा पर्दा १२ जनाको ज्यान गएको छ । मुुलुकमा हालसम्म ८ जनाको ज्यान लिएको कोरोनालाई रोक्न जारी लकडाउनका कारण आवागमनको सहज सुविधा नहुँदा र राज्यले नागरिक सुरक्षामा पहल नगर्दा यो बीभत्स दुर्घटना भएको देखिन्छ ।

Muktinath Bank

राज्यले बस्ने बास र जाने सुविधा दिन नसक्दा तीन दिनदेखिका भोका र अनिँदा ती युवालाई एक निजी भ्यानले क्षमताभन्दा दोब्बर संख्यामा राखेर साविकभन्दा ‘चौबर’ भाडा लिएर उनीहरूको घरतर्फ लैजाँदै थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाङका रामकुमार पुनलाई कोरोना संक्रमणको डर थियो । भारतमा मजदुरी गर्ने उनी घर आउन चाहन्थे । ‘गाडी भाडा नभएर अलपत्र परेको’ फोनमा दाइ रमेशलाई सुनाइरहन्थे । ‘घरबाट पैसा पठाइदिन्छु, आइज भन्दा आएन,’ सोमबार भाइको शव बुझ्न आएका रमेशले भने, ‘भारतमा रेल चलेपछि गाडीभाडा खोजेर आएको रहेछ ।’ चण्डीगढमा मजदुरी गर्ने उनी साथीहरूसित सापटी मागेर आइतबार जमुनाहा नाकासम्म आइपुगेका थिए । ‘नेपाल आएपछि मलाई फोन गर्‍यो,’ उनले भने, ‘तर.., घर पुग्न पाएन ।’ आइतबार राति भएको दुर्घटनामा रामकुमारले ज्यान गुमाए । उनीजस्तै संक्रमणबाट बच्न स्वदेश फर्किएका धेरैको मृत्यु भयो ।


Advertisment
Nabil box
Kumari

नाकाबाट स्वदेश फर्किएका विभिन्न जिल्लाका सर्वसाधारण बोकेर बा५ख ५९९५ नम्बरको फोर्स भ्यान (हायस) मध्यरात दाङतर्फ गइरहेको थियो । बिग्रिएर सडक किनारमा पार्किङ गरिएको सा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्कियो । प्रहरीका अनुसार घटनास्थलमै ११ जनाको ज्यान गएको थियो । गाडीमा चालकका तीन जना साथी थिए, बाँकी २९ जना घर फिर्न आतुर युवा ।

Vianet communication
Laxmi Bank

मध्यरातमा भएको दुर्घटनामा २१ जना घाइते छन् । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेका अनुसार हायसको गति तीव्र थियो । ‘बेस्सरी कुदाएर होला, गाडीभित्रै रिंगटा लाग्थ्यो, स्पिड कम गर्नुस् भन्दा मानेनन्,’ दाङ, तुलसीपुर–२, खैरीकोटका ३९ वर्षीय विष्णु गिरीले भने, ‘चालकको लापरबाहीले दुर्घटना भयो ।’ अर्का एक घाइतेका अनुसार चालकले मदिरा सेवन गरेका थिए । ‘नेपालगन्जमा खाना खान भनेर गएर चालक फर्कँदा मदिराले मात्तिएका थिए, उनको मुखबाट मदिराको गन्ध आइरहेको थियो,’ उनले भने । इलाका प्रहरी कोहलपुरका डीएसपी कुलदीप चन्दका अनुसार हायस पछाडिबाट ट्रकमुनि घुस्न पुगेको देखिन्छ ।

घाइते सल्यान सिद्धकुमाख गाउँपालिका–२ का मुकेश घर्ती भारतको सिमलामा मजदुरी गर्थे । लामो समय लकडाउन भएकाले साहूले तलब दिन छाडे । दुई महिनायता कमाइ थिएन । एकातिर कोरोनाको डर थियो, अर्कोतिर भोकै मरिने पीर । यस्तोमा दु:ख खेप्न नसकेर घर फर्कने निधो गरे उनले । सिमलामा सँगै काम गरिरहेका ९ जनाको समूह बनाएर निस्किए । एक जनाको ३ हजार ६ सय भारतीय रुपैयाँका दरले भाडा तिरेर गाडी रिजर्भ गरे । उनीहरू सबैको कमाइ भाडा तिर्दामै सकिएकाले सीमानाका आइपुगेपछि अलपत्र परे ।

‘तीन दिनदेखि भातसमेत खाएको छैन,’ अस्पतालमा उपचार गराइरहेका उनले भने, ‘पानीकै भरमा सीमासम्म आइपुग्यौं ।’ भारतको रुपैडियास्थित बसपार्कमा आइतबार अपराह्न ल्याएर गाडीले छाडिदिएको थियो । त्यहाँ सल्यान, दाङ, रोल्पाका अरू मजदुर पनि थिए । गाडीबाट ओर्लिएपछि उनीहरूलाई भारतीय सुरक्षाकर्मीले भारततर्फ बस्न दिएनन् । उनका अनुसार लाठी देखाएर ‘अपने देश चलो’ भन्दै धपाउँदा कतिको ढाडमा सुम्ला पनि बस्यो । मुकेशलगायत २९ जनाको समूह नाकामा बसेको थियो । साँझ ६ बजेपछि नेपालगन्ज उपमहानगरपालिकाले टिपरमा राखेर सीमा वारि जमुनाहा ल्याइदिएको उनले बताए ।

टिपरले बाँकेका स्थानीयलाई भने घर आसपास पुर्‍याएर छाडिदियो । अन्य जिल्लाका भने नाकामै अलपत्र परे । रात परिसकेको थियो । उनीहरूलाई भित्र भोकले र बाहिर लामखुट्टेले टोक्न थाल्यो । त्यसमाथि रात कहाँ गुजार्ने भन्ने अर्काे समस्या भयो । आपसमा छलफल गरे र एउटै उपाय ‘सक्दो छिटो घर पुग्नु हो’ भन्ने निचोड निकाले । त्यसपछि सुरु भयो गाडी खोज्ने काम । खोज्दै जाँदा एक हायस चालक फेला परे । उनले युवालाई घर लगिदिन त राजी भए तर साविक चार सय रुपैयाँ लाग्नेमा एक जनाको १८ सय रुपैयाँका दरले भाडा लिने बताए । परिस्थितिले विवश र लाचार उनीहरू बाध्य भएर चर्काे भाडा तिर्न राजी भए । त्यहाँ भएकामध्ये १७ जनासँग भाडा तिर्ने पैसा रहेछ, बाँकी १२ जनाले घर पुगेर सरसापट गरी दिने वाचा गरे । मुकेशका अनुसार गाडीमा १६/१७ जनासम्म अट्न सक्थे । ‘तर हामी २९ जना थियौं,’ उनले भने, ‘चालकले खाँदाखाँद गरेर चढाए ।’ क्षमताभन्दा अत्यधिक बढी यात्रु राखेर लकडाउनका बेला सवारी चलाउँदासमेत कहीँकतै सुरक्षाकर्मीले जाँच गरेनन् ।

घाइतेका अनुसार नाकाबाट ६ बजे छुटेको गाडीले नेपालगन्ज बजारमा ल्याएर राति १०/११ बजेसम्म कुरायो । ‘त्यसबेला भात खान जान्छु भन्दै गएका चालक फर्कंदा रक्सीले मात्तिएका थिए,’ अर्का घाइते दाङका मेघराज केसीले भने, ‘हामीलाई डर लाग्यो र पटकपटक विस्तारै हाँक्नुस् भनिरह्यौं, तर उसले सुनेको नसुन्यै गरेर गाडी एक तमासले बत्ताइरह्यो ।’

नेपालगन्जको सडकमै हल्लिरहेको गाडी भित्र अटेसमटेस यात्रुको सुरक्षालाई चालकले वास्तै नगरी कुदाउँदा नाकाबाट ५० किमि पर राप्तीसोनारी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गअन्तर्गत ठुरे जंगल पुग्दा रात परिसकेको थियो । भारतबाट धपाइएका र नेपाल आएपछि बेवास्तामा परेका उनीहरू तीन दिनको भोको पेटलाई तातो भात र अनिँदो जीउलाई न्यानो ओछ्यान पाउन भनी घर पुग्ने हतारोमा तय गरेको त्यो यात्राले ठुरे जंगलमा पुगेपछि गन्तव्य भेट्न पाएन । बाटोमा १७ टन चामलसहित रोकेर राखिएको ट्रकको पुछारमा हायस यसरी घुस्रिन पुग्यो, ४५ मिटर परसम्म बिग्रिएको ट्रक नै लतारिन पुग्यो ।

‘बिस्तारै हाँक्नुस् भन्दा मानेन’

सुनिल परियार, घाइते रोल्पा

भारतको चण्डीगढबाट आइतबार दिउँसो जमुनाहा नाका आइयो । प्रहरीले ल्याएर नेपालगन्ज भन्सारको यात्रु शाखामा बसाले । त्यसपछि गाडीको खोजीमा लाग्यौं । एउटा हायस फेला पर्‍यो । दाङसम्म पुर्‍याएको दोहोरो भाडा तिर्ने सर्तमा गाडी चढ्यौं । चालकले अलमल्याएर नेपालगन्जमै रात पारे । भोकप्यासै थियौं । निद्राले च्याप्यो । नेपालगन्जबाट ११ बजेतिर गाडी हिँड्यो । मध्यरात भएकाले धेरै निदाएका थियौं । बस अत्यधिक गतिमा थियो ।

मसँगै रहेका धेरै जनाले चालकलाई गति कम गर्न अनुरोध गरे । चालकले छिट्टै दाङ छोडेर फर्किन्छु भनिरहेका थिए । एक्कासि हामी सिटबाट खस्यौँ । बस ट्रकमा ठोक्किएको रहेछ । धेरै जना बेहोस थिए । केहीको त्यहीं प्राण गइसकेको थियो । मसहित तीन जनालाई कम चोट लाग्यो । गाडी रगताम्य बन्यो । उद्धार गर्ने कोही भएन । प्रहरीको नम्बर पनि थाहा भएन । कसैले फोन गरिदिएकाले होला प्रहरीले उद्धार गरेर अस्पताल ल्यायो ।

११ को पहिचान, एक खुलेन

दुर्घटनामा मृत्यु भएकामध्ये सोमबार साँझसम्म ११ जनाको नाम खुलेको छ । जसमा दाङ राजपुर—६ का रामकुमार पुन, सीता पुन, पूर्ण पुन, रोल्पा कोरैलीका बुद्धिराम विक, देउवीर विक, रोल्पाकै भीम विक, दिलबहादुर विक, नरेन्द्र विक, दैलेख घरभएका बस चालक दानबहादुर खड्का, सुर्खेतका सहचालक पवन भण्डारी र गाडी स्टाफ रितेश कार्की छन् । विस्तृत खबर कान्तिपुर दैनिकमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x