×

NMB BANK
NIC ASIA

लकडाउनले लखतरान, क्‍वारेन्टाइनमै मृत्यु

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 पाँच दिन भयो, परेला ओभाएका छैनन् । सान्त्वना दिन कसैले आँगनमा टेक्यो कि गुलरिया–९ कि नन्कई गोडिया भक्कानिएर रुन थाल्छिन् । आमा रुन थालेपछि दुई छोरा र एक छोरीलाई सम्हालिन कठिन हुन्छ ।

Muktinath Bank

नन्कईका पति ५५ वर्षीय जोद्धी गोडियाको पाँच दिनअघि सदरमुकामस्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएको थियो । अछामको साँफेबगरमा सडक निर्माण गर्न गएका जोद्धी, छोराहरू प्रह्लाद र विष्णु लकडाउनले बेरोजगार बनेपछि पैदलै कैलालीको अत्तरिया आएका थिए । अत्तरियाबाट जेठ १३ गते मध्यराति बसमा क्वारेन्टाइन स्थल आएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्वारेन्टाइनमा सँगै रहेका छोराका अनुसार जोद्धीको बुधबार बिहान मृत्यु भएको थियो । उनीहरू फागुन पहिलो साता निर्माणको काम गर्न अछाम गएका थिए । उनीहरू सडक निर्माणमा खटिएको एक महिनापछि मुलुकमा लकडाउन घोषणा भयो । त्यसले निर्माणको काम रोकियो । लकडाउन खुल्ने र काम सुरु हुने आसमा उनीहरू त्यहीं बसे । बीचमा काम सुरु भयो । गाह्रोसाह्रो काम गरेर दिन बिताए । खेतीपातीको याम सुरु भएकाले घर फर्किन ठेकेदारसित ज्याला मागे । ठेकेदारले पैसा दिएनन् । त्यसपछि पैदल फर्किएको प्रह्लादले बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार तीन जनाको गरेर ५० हजार रुपैयाँभन्दा बढी ज्याला लिनुपर्नेछ । तर उनीहरूसँग खल्तीमा सुको थिएन । ठेकेदारले दिएको दुई हजार रुपैयाँ घरमा पठाए । ९ हजार रुपैयाँ खाना खर्च लाग्यो । बेखर्ची भएपछि गाउँलेसँगै गत जेठ ९ गते बिहान घर हिँडेको उनले बताए । ‘पहिलो दिन जंगलमा बितायौं,’ उनले भने, ‘दिनभरि हिँडेर जहाँ रात पथ्र्यो, त्यहीं बास बस्थ्यौं ।’

Vianet communication
Laxmi Bank

दुई दिन मुखमा अन्नको दाना नपरेको उनले बताए । ‘तेस्रो दिन बाटोमा एक व्यक्तिले चाउचाउ र बिस्कुट दिए । त्यसले भोक मर्‍यो । राति बचेको चाउचाउ र बिस्कुट खायौं,’ विष्णुले भने, ‘चौथो दिन अपराह्न अत्तरिया पुग्यौं, हिँडाइ र भोकले बुबा गल्नुभएको थियो ।’

अत्तरिया आइपुग्दा सन्नाटा थियो । राजमार्गमा फाट्टफुट्ट गाडी गुडेका थिए । सोधखोज गर्ने क्रममा एउटा बस भेटियो । गुलरिया पुर्‍याएपछि घरबाट पैसा मगाएर भाडा दिने सर्तमा चालकले उनीहरूलाई सदरमुकाम ल्याइदिए । गन्तव्यमा पुगेपछि सबैले घरमा फोन गरेर पैसा मगाएको विष्णुले बताए । ‘त्यहाँ प्रहरीले दुई घण्टा सोधपुछ गर्‍यो,’ उनले भने, ‘राति १२ बजे क्वारेन्टाइनमा लगियो । त्यो रात पनि भोकै सुत्नुपर्‍यो ।’ बिहान उठेर बुबालाई पानी पिलाउनेबित्तिकै सास रोकिएको जेठा छोरा प्रह्लादले बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले मृतक दमको रोगी भएको बताए ।‘हामीले परीक्षण गर्दा कोरोना पुष्टि भएन,’ उनले भने, ‘त्यसपछि मात्र दुई छोरालाई पनि क्वारेन्टाइनबाट घर पठाइयो ।’

उनीहरूसँगै आएका मुन्नीलाल गोडियाले जोद्धीको मृत्यु भोकले भएको बताए । ‘चार दिन भोकै भएपछि गलेका थिए,’ उनले भने, ‘सुतेकै ठाउँमा प्राण गयो ।’

लामो समय अलपत्र परे पनि घर फर्किन गाडी नपाएको उनले बताए । मुन्नीलालसहित चार जना अहिले क्वारेन्टाइनमै छन् । जोद्धीका दुवै छोराको कोरोना परीक्षण भएको छैन । त्यसैले उनीहरू घरछेउ खेतमा बसिरहेका छन् । उनीहरूको मंगलबार आरडीटी परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । अझै किरिया बसेका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x