कात्तिक २४, २०८०
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।
पूर्वीय दर्शन परम्परामा तुलसीको निकै महत्व रहँदै आएको छ । विविध औषधीय गुणले युक्त तुलसी जेठ शुक्ल एकादशीका दिन दल राखेर एक महिनापछि असार शुक्ल एकादशीका दिन पवित्र मठमा रोप्ने हिन्दू मैथिल परम्परा छ । हरिशयनी भनिने असार शुक्ल एकादशीका दिन आराध्यदेव भगवान् विष्णु समुद्रमा शयन गर्ने र हरिबोधिनी भनिने कात्तिक शुक्ल एकादशीका दिन जागा हुने हिन्दू जनविश्वास छ ।
धरातल (पृथ्वी) मा रहेका वनस्पतिमा तुलसीलाई ‘अमृत’ का रूपमा औषधीय महत्वको मानिँदै आइएको छ । खासगरी भगवान् विष्णुसँग जोडिने सबै अनुष्ठानमा तुलसी पत्र (पात) अनिवार्य मानिने हुँदा हिन्दू मैथिल घरघरमै पवित्र मठ बनाएर तुलसी रोपण गरिन्छ । जेठ शुक्ल एकादशी अर्थात् आज दल राखिएको तुलसी एक महिनापछि रोप्न योग्य हुने मान्यताअनुरूप असार शुक्ल एकादशीकै दिन पारेर रोपिन्छ ।
तुलसीको धार्मिक मात्र नभएर दैनिक जीवनमा औषधीय महत्व निकै भएकाले यो अनिवार्य र अतिआवश्यकीय वनस्पति हो भन्ने सचेतनाका लागि जेठ शुक्ल र असार शुक्ल एकादशी हिन्दू मैथिल परम्परामा महत्वपूर्ण पर्व मानिँदै आइएकोे पूर्वीय परम्परा र कर्मकाण्डका ज्ञाता महोत्तरीको बर्दिवास–२ का पण्डित महेशकुमार झा बताउँछन् ।
आयुर्वेदमा तुलसीको महत्वबारे वर्णन गरिनुका साथै मठ (तुलसी रोपिने ठाउँ) लाई पवित्र मानिएको छ । तुलसीका बिरुवाले वरिपरिका विभिन्न विषाक्त वायु हटाउने र सबै प्रकारका प्रदूषण हटाएर वातावरण स्वच्छ बनाउने विश्वास गरिन्छ । सनातन हिन्दू परम्परामा मृत्यु श्ययामा पुग्दासमेत तुलसी मिश्रित जलले सेचन गर्ने र पियाउने परम्परा रहेको छ । यसले आत्मा पवित्र हुने र मोक्ष प्राप्ति हुने विश्वास रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउँछन् ।
हिन्दू मैथिल परम्परामा तुलसीको दल राख्नु एक दिनपूर्व वर्षभरिका धार्मिक अनुष्ठानमा प्रयोग गरिने पूmलका दल राख्ने परम्परा छ । गङ्गा दशहरा भनिने जेठ शुक्ल दशमीकै दिन पवित्र गङ्गा (नदी) पृथ्वीमा झरेकी (गङ्गालाई माता भनिने परम्पराअनुसार स्त्रीवाचक शब्दको प्रयोग गरिन्छ) मान्यताअनुसार मिथिलामा कमला नदीलाई गङ्गाको महत्व दिँदै नदी सचेतना यात्रा शुरु गरिने परम्परा छ ।
यस अवसरमा ‘कमला जलाधार संरक्षण अभियान नेपाल’ ले पानीको महत्व उजागर गर्दै ‘पानी रे पानी’ कार्यक्रम गरेर कमलाको उद्गमस्थल चुरे पहाडदेखि गङ्गामा समाहित हुने ठाउँसम्म सरसफाइ सचेतना अभियान सञ्चालन गर्दै आएको छ । यसपालि जेठ शुक्ल दशमीका दिन सोमबार नै अभियान शुरु भएको अभियानका संस्थापकमध्येका धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया बताउँछन् ।
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...