×

NMB BANK
NIC ASIA

पाकिस्तानी जासूसहरूले यो जानकारी पाएको भए भारत पर्थ्यो समस्यामा

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा जासूसी गर्दागर्दै पक्राउ परेका पाकिस्तानीहरू सामान्य मिसनमा नरहेको खुलेको छ । 

Muktinath Bank

आइतवार दिल्लीमा पक्राउ परेका तीन जासूसले ठूलो रहस्या जान्न प्रयास गरेका हैन रहेछन् । तर उनीहरूले खोजेको जानकारी पाएका भए भारतका लागि अनर्थ हुन पुग्थ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले भारतीय सेनाको सप्लाई रूटका बारेमा जान्न खोजेका थिए र त्यो जानकारी पाकिस्तानले पाएको भए भारत कमजोर हुन्थ्यो । 


Advertisment
Nabil box
Kumari

सूचना पाउनका लागि उनीहरूले अनेकथरी रूप परिवर्तन गरे । कहिले उनीहरू व्यापारी बने, कहिले आफूलाई सुरक्षा कम्पनीको प्रमुख भने अनि कहिले पत्रकारको भेष धरे । 

Vianet communication
Laxmi Bank

पाकिस्तानी जासूसी संस्था आईएसआईबाट तालिमप्राप्त दुई जासूस आबिद हुसैन र ताहिरको नजर विभिन्न विभागमा साना रक्षा कर्मचारीहरूमा थियो । उनीहरूसँग सूचना लिनका लागि उनीहरू सम्पर्क गरिरहन्थे । 

उनीहरू रेलवेमार्फत हतियार र सैन्य सामग्री कहाँकहाँ सप्लाई गरिन्छन् भन्ने कुरा जान्न चाहन्थे । त्यो जानकारी पाएपछि उनीहरू ठूलै षड्यन्त्र बनाउने ताकमा थिए । 

यी जासूसहरूले हतियार लैजाने बाटो पत्ता लगाएको भए पाकिस्तानसँगको युद्ध वा संघर्षमा भारतलाई गाह्रो पर्थ्यो । पाकिस्तानले भारतीय सेनाको हतियार र सैन्य सामग्रीको सप्लाई गर्ने रेलवे ट्य्राकलाई ध्वस्त पार्न सक्थ्यो अनि हतियार सीमामा पुग्न ढिलाइ हुँदा पाकिस्तानलाई फाइदा पुग्थ्यो । 

युद्धकालमा सैनिकहरूको मुभमेन्टको जानकारी शत्रुदेशका लागि महत्त्वपूर्ण हुन्छ । सेनाले हतियार लग्न सामान्य रूट उपयोग गर्दैन । जासूसहरूले सैनिक रूट पत्ता लगाएको भए युद्धको स्थितिमा पाकिस्तानलाई निकै फाइदा हुन्थ्यो । जासूसहरू सफल भएका भए पाकिस्तानले भारतीय सेनाको ट्यांक र अन्य हतियारको सप्लाई रोकिदिन्थ्यो र सीमामा कडा आक्रमण गरिदिन्थ्यो । 

आइतवार दिल्लीको करोलबागमा पक्राउ परेका आबिद र ताहिरमध्ये आबिदले आफूलाई पत्रकार भन्दै कर्मचारीसँग भेट्न आएको थियो । पाकिस्तानविरुद्ध भारतको तयारी देखिने रेलवे मुभमेन्टका बारेमा स्टोरी गर्न खोजेको उसले बताएको थियो । उसलाई र ताहिरलाई कागजात साटासाट गर्दै गर्दा पक्राउ गरिएको थियो । 

जासूसहरू पक्राउ परेपछि २४ घन्टाभित्र भारत छोडेर जानुपर्‍यो । विगत एक वर्षमा उनीहरूले तल्लो दर्जाका नौ कर्मचारीसँग जानकारी हात पार्ने कोशिश गरेका थिए । फेब्रुअरी महिनामा उनीहरूले एक जवानसँग मित्रता गाँसेका थिए । तिनै जवानलाई भेट्न आइतवार उनीहरू करोलबाग पुगेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x