×

NMB BANK
NIC ASIA

सीमा हेर्न सशस्त्र प्रहरीको छुट्टै गण, ३९ वटा गुल्म खारेज हुने

जेठ २१, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : नयाँ पत्रिका दैनिक
Premier Steels
Marvel

सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना हुने भएको छ । अहिले भएकै दरबन्दीलाई पुनर्संरचना गरी सीमा हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो । हाल जिल्लाको सुरक्षासमेत हेर्ने गरी स्थापना भएका गणमातहत बोर्डर आउट पोस्ट (बिओपी) परिचालन हुँदै आएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन छुट्टै गण बनाउन लागिएको हो । 

Muktinath Bank

गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य नेतृत्वको समितिले सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गरी यससम्बन्धी प्रतिवेदन बुझाएको छ । सो समितिले गत आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ब्रिफिङ गरेको थियो । गृहले सशस्त्रको नयाँ ओ एन्ड एम स्वीकृत गर्न मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिओपीको संख्या २२१ पुग्ने 
नयाँ संरचनाअनुसार अब सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपीको संंख्या दुई सय २१ पुग्नेछ । हाल एक सय २३ छ । गत २६ मंसिरकै मन्त्रिपरिषद्को बैठकले एक सय १४ वटा बिओपी थप्ने नीतिगत निर्णय गरिसके पनि कार्यान्वयन भएको थिएन । नयाँ व्यवस्थाअनुसार सशस्त्र प्रहरीमा रहेका ३९ वटा भन्सार तथा औद्योगिक सुरक्षा गुल्म खारेज हुनेछ । त्यहाँका चार हजार ६ सय ४० जनशक्तिलाई सीमा सुरक्षामा खटाइन लागिएको छ । त्यसका लागि एसपीको कमान्ड रहने नयाँ गणहरू स्थापना हुनेछन् । ‘एउटा गणले करिब १५ वटा बिओपी हेर्नेछ,’ ओ एन्ड एम समितिमा रहेका गृह मन्त्रालयका एक अधिकारीले भने, ‘यसबाट सीमा सुरक्षा थप प्रभावकारी हुने हाम्रो मूल्यांकन छ ।’


Advertisment
Nabil box
Kumari

यही आर्थिक वर्षभित्र एक सय १४ वटा नयाँ बिओपी स्थापना गर्ने निर्णय सरकारले गरेको थियो । तर, यो वर्षभित्रै स्थापना हुने सम्भावना कम छ । भवन निर्माणलगायत कामलाई सरकारबाट थप बजेटसमेत आवश्यक हुन्छ । सरकारबाट निर्णय भएलगत्तै नयाँ बिओपीहरू सीमा क्षेत्रमा स्थापना हुने सशस्त्र प्रहरीका महानिरीक्षक शैलैन्द्र खनालले बताए । पछिल्लो सीमा विवादपछि गृह मन्त्रालयले भारतसँगको सीमामा बिओपीको संख्या पाँच सय पुर्‍याउने योजना अघि बढाएको छ । त्यसका लागि नौ हजार थप जनशक्ति आवश्यक हुने सशस्त्र प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

सशस्त्र प्रहरीलाई धेरैतिर जिम्मेवारी दिइएका कारण कुनै पनि क्षेत्रमा राम्रो हुन नसकेको भनेर आलोचना भइरहेको छ । सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सशस्त्रको करिब पाँच हजार जनशक्ति मात्र सीमा सुरक्षामा खटिएको छ । जसअनुसार ३५ जना जनशक्ति हुने एउटा बिओपीले करिब १५ किलोमिटर सीमा हेर्नुपर्ने हुन्छ । अर्काेतर्फ आधारभूत सुविधासमेत उनीहरूलाई दिइएको छैन । सीमा सुरक्षामा अब प्रविधिको धेरै प्रयोग गर्नुपर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी दुर्गा कुँवर बताउँछन् । अर्काेतर्फ सीमा क्षेत्रमा भारतको पाँच सय ३० वटा बिओपी छन् । सीमा सुरक्षा मात्र नभई सीमापार अपराध तथा चोरी तस्करी नियन्त्रण पनि प्रभावकारी हुने सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् । 

तत्काल दरबन्दी थप नहुने 
सीमामा बिओपीको संख्या पाँच सय पुर्‍याउन सशस्त्र प्रहरी बलले नयाँ पाँच हजार दरबन्दी थप गर्न प्रस्ताव गरे पनि तत्काल त्यो सम्भव नभएको गृह मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो असर गर्ने भएकाले दरबन्दी थप्न सक्ने अवस्थामा सरकार छैन । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x