भारतविरुद्ध ‘सलामी स्लाइसिङ’ रणनीति अपनाउँदै चीन

चीन र भारतबीच लद्दाखमा चलिरहेको सैन्य गतिरोधमा चीनले सलामी स्लाइसिङ रणनीति अपनाइरहेको भारतीयहरूको विश्लेषण छ । 

वास्तविक नियन्त्रण रेखालाई पार गर्दै चिनियाँ सेना पूर्वी लद्दाखमा प्रवेश गर्नुलाई सलामी रणनीति भनिएको हो । यस रणनीतिअन्तर्गत चीनले भूभागीय तथा रणनीतिक स्पेस विस्तार गर्न खोजिरहेको छ अनि भारतलाई मनोवैज्ञानिक थकान दिएर परास्त गर्न पनि चाहिरहेको छ ।


Advertisement

चिनियाँ पक्षले कडा भाषालाई नरम बनाइरहेको भए पनि रणनीतिक संघर्ष जारी छ । मोदी सरकारले चिनियाँ लगानीमा निगरानी गर्ने कदम चालेको छ भने चीन छोडेर हिँडेका लगानीकर्तालाई भारतमा स्वागत गर्ने बताउको छ । यो पनि रणनीतिक संघर्षकै एक अंग हो ।

भारत र चीनबीचको रणनीतिक असमानता कायमै रहने देखिन्छ यद्यपि चीनको छविलाई कोरोनाभाइरस र सीमा विवादले धमिलो बनाएको छ । आन्तरिक चुनौतीहरूको व्यवस्थापनमा चिनियाँ नेतृत्व सक्षम छ र उसको विशाल सञ्चितिले अर्थतन्त्र धान्न सकेको छ । उसले ऋण दिएर गरीब देशहरूलाई लोभ्याउने काम गरिरहेको छ अनि दक्षिण चीन समुद्रमा उसको विस्तारलाई रोक्न सहज पनि छैन । 


Advertisement

चीनले भारतीय भूभागमा प्रवेश गर्नका लागि अनेकौं उपाय गर्न सक्ने भए पनि वास्तविक नियन्त्रण रेखाको एकपक्षीय परिवर्तनलाई भारतले स्वीकार गर्ने स्थिति देखिँदैन । 

भारतले सीमामा दृढ भएर रहने देखिएकाले चीन दोक्लममा झैं पछि हट्छ कि थप आक्रामक हुन्छ भन्ने हेर्न बाँकी छ ।

द टाइम्स अफ इन्डियाबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्