×

NMB BANK
NIC ASIA

कति क्रूर हुन सक्छ मानिस ? फलमा बम राखेर मारे हात्ती ! (भिडियो)

जेठ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मानिसले पशुप्रति गर्ने क्रूर व्यवहारको खबरहरू प्रायः आइरहेका हुन्छन् । 

Muktinath Bank

भारतको केरलमा यस्तै क्रूरताको समाचार आएको छ । त्यहाँ एक गर्भिणी हात्तीलाई मानिसहरूले भुइँकटहरमा बम राखेर खुवाएका छन् । फलभित्रको बम पड्किएर हात्तीको मुखमा गम्भीर चोट लागेपछि एक हप्तासम्म तड्पिएर उसको देहान्त भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जंगलमा बस्ने हात्ती खाना खोज्दै नजिकैको गाउँ पुगेको थियो । सडकमा जाँदै गर्दा गाउँका पापीहरूले उसलाई भुइँकटहरमा बम राखेर दिए । भुइँकटहर खाँदै गर्दा बम विस्फोट भयो र उसको मुख अनि सुँढ नराम्रो चोट लाग्यो । 


Advertisment
Nabil box
Kumari

घाउले निकै पीडा दिएपछि हात्ती छटपटिँदै हिँड्यो । तर छटपटिए पनि हात्तीले मानिसको घरखेतमा कुनै हानि गरेन । गाउँको बाटोमा पीडाले चिच्याउँदै हिँडिरह्यो । 

Vianet communication
Laxmi Bank

हात्ती वेल्लियार नदी पुगेर त्यसमा उभिइरह्यो । पानीमा पीडाबाट अलिकति भए पनि उसले राहत पायो । 

हात्तीलाई अब म बाँच्दिनँ भन्ने लागेर होला वन विभागका कर्मचारीले उसको उद्धार गर्न पठाएका दुई हात्तीलाई पनि मतलब गरेन । नदीमै उभिइरहेको अवस्थामा गत बुधवार अपराह्न ४ बजे हात्तीले प्राण छोड्यो । 

गाउँले र वन अधिकारीहरूले उसको शव एउटा ट्रकमा राखे अनि जंगलमा गएर अन्तिम संस्कार गरे । 

सामाजिक सञ्जालमा यसको खबर आएपछि मानिसहरूले बम राख्ने पापीहरूलाई बेस्सरी गाली गरेका छन् । यस्तै राक्षसहरूका कारण कोरोनाभाइरस जस्ता महाव्याधि आउने गरेको भनी मानिसहरूले लेखे ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x