×

NMB BANK
NIC ASIA

दुर्गम विद्यार्थीको पीडा : गोठालो लागेर समय बिताउँदै

जेठ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका छन् । 

Muktinath Bank

नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा सङ्कलन गरी अभिभावकलाई सघाउने काममा यहाँका बालबालिका व्यस्त रहेको पाइएको हो । देशका अन्य सुविधासम्पन्न ठाउँमा इमेल, इन्टरनेट, टिभी र रेडियो सुनेर दिन कटाउने बालबालिका दुर्गम तथा ग्रामीण क्षेत्रमा भने घरायसी काममा जोतिनुपरेको छ । बिहानै अभिभावकसँग काममा खटिने र बेलुकी घरमा पुग्ने गरेको जुनिचाँदे गाउँपालिका–१ की राधिका कार्कीले बताए ।
 
'आजभोलि विद्यालय बन्द छ, त्यसैले यहाँका बालबालिका गाई, गोरु र भैँसीका लागि घास सङ्कलन गर्नेदेखि सल्ली कुसुम जम्मा गरी मल बनाउने काममा लागेका छन', उहाँले भन्नुभयो, 'आजभोलि विद्यालय बन्द हुँदा दिनभरि काम गरेर समय बित्छ ।' 'बाबाआमालाई विभिन्न काममा सघाउँछौँ, विद्यालयले हाम्रो परीक्षा गराएको छैन', उहाँले भन्नुभयो, 'स्कूलभरि क्वारेन्टिन बनाएर भारतबाट आएका मान्छे बसेका छन् । अहिले विद्यालय प्रहरी, जनप्रतिनिधिको घेराबन्दीमा परेको छ ।' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहानै बाख्रा चराउन जङ्गलमा जाने र उत्तैबाट भैँसीलाई घाँस सङ्कलन गरेर ल्याउने काम गरेर दिन बित्ने गरेको भैरव माध्यमिक विद्यालय मजकोटका कक्षा ९ मा अध्ययनरत छात्रा सीता कार्कीको भनाइ छ । पहिले विद्यालयमा पढेर दिन बित्थ्यो, अहिले पशुचौपायसँग दिन बित्छ, उनले भने । 


Advertisment
Nabil box
Kumari

मकै गोडमेलदेखि घरमा खाना बनाउनेसम्मका काममा अधिकांश विद्यार्थीले अभिभाभावकलाई सघाइरहेको उनीहरु बताउँछन् । नलगाड नगरपालिका–८ की लक्ष्मी केसी आजभोलि बाख्रा जङ्गल लगेर चराउने र बेलुकी घरमा ल्याउने गर्दै दिन बितेको बताउँछिन् । फुर्सदको समयमा रेडियो सुन्ने गरेको बताउने लक्ष्मीले अन्य ठाउँमा टिभी, अनलाइनमा पढाइ भइरहेको सुन्दा आफूदेखि रिस उठेर आउने गरेको प्रतिक्रिया दिइन् । उनले भनिन्, 'फोन, टिभी र इन्टरनेटले काम नगर्ने ठाउँमा जन्मिएर भाग्यले ठगेछ । मनमा जति पढ्ने इच्छा भए पनि के गर्नु ? स्रोतसाधन केही छैन । मोबाइल चार्ज गर्न त सोलार खोज्दै दिनभरि समय खर्चिनुपर्छ ।' 

Vianet communication
Laxmi Bank

उनीहरु त प्रतिनिधिमूलक पात्र मात्र हो, जिल्लाका सात स्थानीय तहका बालबालिका बन्दाबन्दी भएको समयदेखि घरायसी काममा जोतिनुपरेको छ । अभिभावकले जे काम गर्छन्, सोही अनुपातमा बालबालिकाले घरायसी काम गर्न बाध्य भएका छन् । विद्यार्थीले परीक्षासमेत दिन नपाएका कारण अन्योल भएको समेत उनीहरु बताउँछन् । बन्दाबन्दीदेखि नै किताबसँग भेट नभएको दावी उनीहरुको छ । 

गाउँ, गाउँमा रेडियोकोे समेत पहुँच नहुँदा कहाँ के भएको छ सजिलै थाहा नहुने उनीहरुको भनाइ छ । स्थानीय गाउँलेहरुले बजारबाट फर्किएपछि त्यहाँ सुनेको कुरा गाउँमा आएर जानकारी दिनु नै दुर्गम ठाउँमा सूचना वा सन्देश हो । बजार बन्द भएका कारण गाउँलेहरु सजिलै जान र आउनसक्ने अवस्था नहुँदा सामान्य जानकारी पाउन दुईदेखि तीन दिनसम्म पर्खनुपर्ने अवस्था छ ।

नयाँ पाठ्यपुस्तक विद्यार्थीको हातमा परेको भए स्वअध्ययन गरेर ज्ञान आर्जन गर्न सकिने यहाँका विद्यार्थी बताउँछन् । सदरमुकाम खलङ्गा र अन्य स्थानीय तह नजिकको ठाउँमा मात्र इन्टरनेट सेवा उपलब्ध छ । विद्यालयमा जोडिएका इन्टरनेटबाट जानकारी लिने विद्यार्थी त्यहाँ क्वारेन्टिन निर्माणपछि कोरोनाको त्रासले जान नसकेको बताउँछन् । आधारभूत र मावि तह मात्र होइन, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई समेत हैरान हुँदै आएका छन् । मध्यपश्चिम विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि त्यसको मार जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसमा पढ्ने विद्यार्थीमा परेको छ ।
 
सदरमुकामबाहेक गाउँमा इन्टरनेटले काम नगर्दा उच्च शिक्षा पढ्ने विद्यार्थीको दैनिक कक्षा छुट्दै आएको छ । अग्लोडाडाँमा गएर डाटाबाट अनलाइन कक्षा लिन खोजे पनि सो कार्य महङ्गा हुँदा अनलाइन कक्षामा सहभागी हुन नसकेको विद्यार्थीको भनाइ छ । क्याम्पसले अनलाइनबाट कक्षा लिन नसक्ने परीक्षामा सहभागी हुन नपाउने बताएपछि विद्यार्थी थप मारमा परेका छन् ।
 
जाजरकोटका ७० हजारभन्दा बढी बालबालिका घरायसी काममा अभिभावकसँग काममा जोतिनुपरेको छ । जाजरकोट मात्र होइन, छिमेकी जिल्ला डोल्पा, रुकुमपश्चिम र सल्यान जिल्लाका अधिकांश विद्यार्थीको समय अहिले घरायसी काम गरेर बितेका छन् । कन्दाबन्दीले दुई प्रकारका शिक्षाको विकास गरेको अभिभावक बताउँछन् । पहुँच र प्रविधिसँग नजिक भएका विद्यार्थी दैनिक बढिरहेको छन् भने दुर्गमका विद्यार्थी घरायसी काममा व्यस्त हुँदा शैक्षिक उपलब्धिमा घाटा लागेको छ । कसैले घाँस दाउरा, पशु चौपायसँग दिन बिताएका छन् भने कसैले सधैँ इन्टरनेटको माध्यमले ज्ञान आर्जन गरिरहेका छन् ।हेमन्त केसी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x