कोरोना संक्रमितमा डेंगु र निमोनिया देखिएपछि आईसीयूमा भर्ना, ४ जना डिस्चार्ज

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

कोरोना संक्रमण तीब्र भएसँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या पनि बढदै गएको छ ।

बुधवार बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट १ जना स्वास्थ्यकर्मीसहित ४ जना निको भएर घर फर्किएका छन् ।


Advertisement

अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले कपिलवस्तुका ३ जना र कोरोना अस्पतालमा कार्यरत १ जना स्वास्थ्यकर्मी निको भएर घर फर्किएका लोकान्तरलाई जानकारी दिए ।

निको हुनेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–८, बुद्धभूमि–१३ र यशोधरा गाउँपालिका–१ का छन् । स्वास्थ्यकर्मी अर्घाखाँचीकी हुन् । उनी अस्पतालमै कार्यरत थिइन् । उनीहरू सबै वैशाख २९ गते भर्ना भएका थिए । 


Advertisement

यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९ जना पुगेको छ । अस्पतालमा ३५ शय्या छन् । अस्पतालको आईसीयूमा ३ जना बिरामीको उपचार भइरहेको छ ।

कपिलवस्तुका २ जना र दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा उपचार गराइरहेका १ जना पुरुषमा डेंगु र निमोनिया देखिएपछि उनलाई बुटवल रिफर गरिएको थियो । उनको पनि आईसीयूमा उपचार भइरहेको डा. थापाले लोकान्तरलाई जानकारी दिए । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्