सर्पबाट ज्यान बचाउन छेपारोले गर्‍यो संघर्ष (भिडियो)

दक्षिण अफ्रिकाको मालामाला वन्यजन्तु आरक्षमा पहेंलो पेट भएको सर्पबाट ज्यान जोगाउन बच्चो छेपारोले गरेको संघर्ष भिडियोमा कैद भएको छ । 

भिडियोको आरम्भमा छेपारो सर्पको कब्जामा परेको अनि दुई प्राणीले एकअर्कालाई टोकेको देखिन्छ । 


Advertisement

छेपारो सर्पको कसिलो कब्जाबाट फुत्कने प्रयास गर्छ तर घाँटीलाई स्वतन्त्र बनाउन सक्दैन किनकि सर्पले उसको घाँटीमा दाँत गाडेको छ । 

सर्पले छेपारोको शरीरलाई बेर्न खोज्छ तर छेपारो फुत्किन खोजिरहन्छ । 


Advertisement

यी दुई सरीसृप घन्टौंसम्म यसरी संघर्ष गरिहन्छन् तर अन्ततोगत्वा सर्पले छेपारोलाई कच्याक्क पारेर सिंगै खाइदिन्छ । 

क्रिस्टी डील्याङ आफ्नो परिवारसँग आरक्षमा घुम्दै गर्दा यो दृश्य देखेकी थिइन् । 


 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्