आगलागीबारे छानबिन गर्न समिति गठन

प्रतिकात्मक तस्वीर

मकवानपुरको कैलाश गाउँपालिका कार्यालयमा भएको आगलागीबारे छानबिन गर्न गाउँपालिकाले समिति गठन गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष सुकमाया थिङको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।


Advertisement

समितिलाई १० दिनभित्र छानबिन प्रतिवेदन गाउँपालिकामा पेश गर्न समय दिइएको छ । 

गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्यऊर्जा प्रणालीबाट विद्युत् सर्ट हुँदा भएको आगलागीमा करीब ४ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताए । आगलागीबाट कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटरलगायत भौतिक सामग्री र भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।


Advertisement

सो भवनमा १८ कोठा छन् । त्यहाँ विद्युत् सेवा नभएकाले सौर्य ऊर्जाबाट काम हुँदै आएको थियो । 

कमेन्ट गर्नुहोस्