कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
बन्दाबन्दी जारी रहँदा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको भाउ बढेको छ ।
खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दाल, चामलदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारण उपभोक्तामाथि परेको छ ।
कतिपय बिक्रेताले बन्दाबन्दीलाई पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्दा बजारमा समस्या देखिन थालेको हो । बजारमा खाद्यान्नको भाउ बढ्नुका कारण खुद्रा व्यापारीले थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् । कतिपय व्यापारीले सामान नै नआएको भन्दै अरु समयमा बेच्न नसकेको सामान बेचिरहेको पाइन्छ ।
ललितपुर इमाडोलकी रमिता विष्ट बजारमा सामान किन्न जाँदा आफूले भनेजस्तो नपाउने र पाइएको ठाउँमा पनि बढी भाउ लिने गरेको बताउँछिन् । खासगरी चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न र साबुन, सरफ खरिद गर्दा यो समस्या आइरहेको छ । गत साता आफूले खोजेको कम्पनीको चाउचाउ नपाएकाले आफूले अर्काे कम्पनीको किनेको उनले बताइन् ।
मंगलवार भने उनले धेरै पसल चहारेर मूल्य १५ रुपैयाँ पर्ने चाउचाउ २० रुपैयाँ तिरेर किनिन् । २ महिना पहिले १ हजार ६०० रुपैयाँमा किनेको चामल अहिले १ हजार ८०० रुपैयाँमा किनेको उनले बताइन् । उनले भनिन्, ‘के गर्नु दाल, चामल महंगो नै भए पनि किनेर खानैपर्यो ।’
बन्दाबन्दी जारी रहँदा तरकारीको मूल्य घटे पनि खाद्यान्न र फलफूलको मूल्य ह्वात्तै बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । तरकारीको मूल्य बन्दाबन्दीको शुरूको हप्ताभन्दा ह्वात्तै घटे पनि अझै किसानले पाउने मूल्य र उपभोक्ताले किन्नेमा धेरै फरक रहेको उनले बताए ।
किसानले १०/१५ मा बेचेको तरकारी उपभोक्तालाई बजारमा अहिले पनि ४०/५० रुपैयाँसम्ममा किन्नुपरेको छ । स्याउ, अनारलगायतका फलफूलको मूल्य बढिरहेको छ । बन्दाबन्दीलाई बिचौलियाले कमाउने अवसरका रुपमा लिइरहेको उनको भनाइ छ । उनले भने, ‘यस्तो समयमा सरकारले बजारको प्रभावकारी अनुगमन गरेर कारवाही गर्नुपर्छ ।’
बन्दाबन्दीको समयमा आमउपभोक्ताले वस्तु छनोट गर्ने अधिकारबाट वञ्चित हुनु परिरहेको अध्यक्ष तिमल्सिनाले बताए । किराना पसलले उपभोक्ताले बढी खोज्ने सामान अहिले नआएको भन्दै महिनौं थन्किएको सामान बेचिरहेका छन् । यो समयमा ब्राण्ड नै नभएको सामान र म्याद नाघेको सामान रिप्याकिङ गरेर बिक्री हुनसक्ने उनले बताए ।
बिक्रेता र उत्पादक दुवैको मिलेमतोमा अहिले कमसल सामग्रीको बिक्री हुनसक्ने सम्भावना रहेको छ । स्थानीय सरकारले खाद्यान्न पसल खोल्नका लागि थोरै समय तोकेकाले पनि बजारमा भीडभाड भइरहेको उनले बताए । ‘कतिपय पालिकाले दिनमा १–२ घण्टाका लागि मात्रै बजार खोल्दा भीडभाड बढेको, यसले गर्दा संक्रमण फैलने जोखिम छ,’ उनले भने ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने नियमितरुपमा अनुगमन गरेर गल्ती भेटिएमा कारवाही भइरहेको जनाएको छ । विभागले उपभोक्तालाई गुनासो गर्नका लागि ११३५ नम्बरको व्यवस्था गरेको छ । यो नम्वरमा खाद्यान्नमा मूल्यवृद्धिका गुनासो आइरहेको र त्यसकै आधारमा अनुगमन र कारवाही भइरहेको विभागका सूचना अधिकारी रवीन्द्र अधिकारीले बताए ।
बिक्रेतामार्फत होलसेलसम्म पुगेर अनुगमन गरिएको उनले बताए । बन्दाबन्दीको शुरूमा ६ महिनालाई पुग्ने खाद्यान्न छ भन्ने बिक्रेता अहिले २ महिना नाघ्दा पहिलेको स्टक सकिएको र नयाँ सामानमा मूल्य बढेर आएको भनिरहेको उनले बताए । उनले भने, ‘त्यसैले हामीले बिक्रेतासँगै आपूर्तिकर्तालाई पनि कारवाहीको दायरामा ल्याइरहेका छौँ ।’
खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल कुन कुन समयमा खोल्न दिने भनी नगरपालिकाहरूले फरक–फरक समय तोकेका छन् । स्थानीय तहले त्यहाँको आवश्यकताअनुसार समय तय गरे पनि कतिपय उपभोक्ता र बिक्रेताको गुनासो विभागमा आइरहेको छ । भाटभटेनीलगायत सुपरमार्केटलाई लामो समय र अरुलाई किन कम समय भन्ने किसिमका गुनासो आउने गरेको निर्देशक अधिकारीले बताए । उनले भने, ‘हामीले यस किसिमका गुनासोहरू प्रशासन र स्थानीय तहसँग मिलेर सम्बोधन गरिरहेका छौं ।’
विभागको ११३५ नम्वरमा बन्दाबन्दीको अवधिमा अहिलेसम्म १ हजार ५५ गुनासो आएको छ । तीमध्ये १६८ स्थानमा कारवाही गरिसकेको छ । चालू आवमा अहिलेसम्म १ हजार ७६५ जनालाई कारवाही भएको बताइएको छ । विभागले बन्दाबन्दीको अवधिमा १ करोड ५० लाख जरिवाना गराएको छ । चालू आवमा जरिवानावापत ३ करोड २ लाख तिराइएको विभागले जनाएको छ ।
बन्दाबन्दीको समयमा खाद्यान्न, मास्क, ग्यासको अभाव र मूल्य वृद्धिका गुनासो बढी आएका छन् । बन्दाबन्दीको शुरूका हप्तामा ग्यास र मास्ककोे अभावको गुनासो बढी आए पनि अहिले यस्ता गुनासा कम आइरहेका छन् । – सञ्चिता घिमिरे/रासस
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...