कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्को कार्यालयमा बुधवार भएको छलफलमा मुख्यमन्त्री शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, उपचार तथा राहत व्यवस्थापनमा सरकार लागिपरेको भन्दै थप सहयोगका लागि दातृ निकायलाई सहयोग गर्न आग्रह गरे ।
‘रोजगारीको लागि भारत गएका नागरिक फिर्ता भएसँगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण बढेको छ,’ उनले भने, ‘यसको प्रतिकार्य तथा रोकथामका लागि दाता एवं साझेदार निकाय सरकारसँग जोडिनुपर्ने बेला आएको छ ।’
हालसम्म भारतबाट फर्किनेको संख्या ३५ हजार पुगेको जनाउँदै मुख्यमन्त्री शाहीले क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन र संक्रमण परीक्षणमा सरकारलाई समस्या परेको बताए ।
कर्णाली प्रदेशबाट १ लाख ५० हजार भारत र तेस्रो मुलुकमा रोजगारीका लागि गएको र १ लाख बढी नागरिक फर्कने अनुमान रहेको उनको भनाइ थियो ।
छलफलमा उनले अगाडि भने, ‘कर्णाली प्रदेशमा स्थापना गरिएका २ प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५०० नमूनाभन्दा बढी परीक्षण गर्न सकेको छैन ।’
मुख्यमन्त्री शाहीले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन, पीसीआर प्रयोगशालाको स्थापना, परीक्षणका लागि आवश्यक किट र एम्बुलेन्समा सहयोग गर्न आग्रह गरे । कर्णाली प्रदेशका धेरैजसो नागरिक ३ महिनाका लागि मात्रै रोजगारीका लागि भारत जाने गरेको भन्दै उनले कोरोनाले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्कनुपरेको जिकिर गरे ।
प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अति गरीबीको रेखामुनि रहेका नागरिकका लागि क्वारेन्टाइनमा १४ दिनसम्म रहने अवधिका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको समेत जानकारी उनले दिए । विकास साझेदार संस्थासँगको छलफलमा प्रदेश सरकारका मन्त्री, प्रमुखसचिव, सचिव र संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधिको सहभागिता थियो ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...