विराटनगरका पसल मध्याह्न १२ बजेसम्म खुल्ने

फाइल फोटो।

विराटनगर महानगरपालिकामा रहेका होटल, रेष्टुराँ तथा सैलुनबाहेक अतिआवश्यक पसल तथा  व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । 

महानगरपालिका, कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटीको बुधबारकाे बैठकले बिहीबार बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए।  महानगरपालिकाले सामाजिक दूरी कायम गरी सुुरक्षितरुपमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए।


Advertisement

व्यवसाय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाले संयुक्तरुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। मापदण्ड विपरीत  सामाजिक दूरी कायम नगर्ने र तोकिएको समयबाहेक अन्य समयमा व्यवसाय सञ्चालन गरेको पाइएमा कारवाही हुने  पराजुुलीले बताए।


Advertisement

कमेन्ट गर्नुहोस्